‘सुर्तीजन्य पदार्थबाट उठने करको रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्छ ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सुर्तीजन्य पदार्थमा लाग्ने कर स्वरुपको झण्डै रु छ अर्ब स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने माग गर्नुभएको हो । अहिले मन्त्रालयले […]

Continue Reading

पशुपति आर्यघाटमा सीता दाहालको अन्तिम बिदाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीतालाई दागबत्ती दिएका छन्। प्रधानमन्त्री प्रचण्डले बुधबार पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन्। ६ वर्षअघि पशुपति आर्यघाटमा छोरा प्रकाशलाई पनि दागबत्ती दिएका थिए। दाहसंस्कारअघि सीताको शव पशुपतिको ब्रह्मनालमा राखिएको थियो। ब्रह्मनालमा प्रधानमन्त्री प्रचण्डसहित उनका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगरले श्रद्धाञ्जली दिएका थिए। त्यस्तै नाती, नातिनीहरूले […]

Continue Reading

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । सभामुख घिमिरेले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

Continue Reading

रहिनन् प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ। उनको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथलीका प्राध्यापक डाक्टर युवराज शर्माले जानकारी दिए। प्रधानमन्त्री पत्नी सीता दाहालको शरीरमा अक्सिजनको मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार बिहान अस्पताल पुर्‍याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको हो। उनकाे पार्थिव शरीर […]

Continue Reading

सामान्य मतभेद हुने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामान्य विषय उठ्ने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उहाँले सामान्य बिमती हुने वित्तिकै संसद् नै अवरोध गर्ने रोग हटाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्नसमेत गर्नुभयो । प्रतिनिधिसभाको आजको […]

Continue Reading

युनिसेफका लागि नेपाल प्रतिनिधिमा अकुङ्गा नियुक्त

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले नेपालका लागि नयाँ देशीय प्रतिनिधिमा केन्याली नागरिक एलिस अकुङ्गालाई नियुक्त गरेको छ । नवनियुक्त प्रतिनिधि अकुङ्गाले आज परराष्ट्रमन्त्री एनपी साउदसमक्ष उहाँको कार्यकक्षमा आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ । अकुङ्गासँग बालबालिकाको सेवाको क्षेत्रमा केन्या, मलावी, नाइजेरिया, स्वाटिनी, माल्दिभ्स र अफ्गानिस्तानमा गरी दुई दशकभन्दा लामो काम गरेको अनुभव छ । आफ्ना […]

Continue Reading

सभापति देउवाद्वारा भैरवसिंह रावल स्मृतिग्रन्थ विमोचन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गर्नुभएको छ । भैरवसिह स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले  कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उहाँले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पु¥याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गर्नुभएको हो । सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले अछामलगायत समग्र सुदूरपश्चिम क्षेत्रमा विकासमा एकताबद्ध भएर काम […]

Continue Reading

राजनीतिक अस्थिरता चाहनेले प्रधानमन्त्रीको राजीनामा मागे : महासचिव भुसाल

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले देशमा राजनीतिक अस्थिरता निम्त्याउन चाहने दलहरुले प्रधानमन्त्रीको राजीनामा मागेको बताउनुभएको छ । समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनले आज आयोजना गरेको बागमती प्रदेश भेलामा महासचिव भुसालले विगतमा प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु गैरसंसदीय भएको भन्दै त्यो माग मृगतृष्णा जस्तै भएको बताउनुभयो । कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन समाजवादी मोर्चा निर्माण […]

Continue Reading

स्वास्थ्य र शिक्षाबाट कोही नागरिक बञ्चित हुनु हुँदैन : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्नो पदीय मर्यादा राखेर दायित्व निर्वाह गर्न सके सम्बन्धित क्षेत्रसँगै देश विकास हुने बताउनुभएको छ । यहाँ आज बेलुकी आयोजित स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं गीतकार डा भोला रिजालद्वारा लिखित पुस्तक ‘सेतो कोट’ लोकार्पण कार्यक्रममा उहाँले आफूले लगाउने कोटको मर्यादा ठीकसँग पालन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कोट […]

Continue Reading

भारतको सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन गरिएको छ । परियोजनाअन्तर्गत दैलेखमा निर्माण गरिएका तीन वटा विद्यालय भवन आज भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति, दैलेखका प्रमुख नमराज शाहीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको रु १० करोड […]

Continue Reading