परियार सेवा समाजको ३१ औ स्थापना दिवस सम्पन्न,राज्यलाई योगदान गर्नेहरूलाई गरियो सम्मान

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाण्डौं ।  परियार सेवा समाजको ३१ औं स्थापना दिवस मिति २०८३ जेठ २६ गतेका दिन समाजका केन्द्रीय अध्यक्ष नारायण परियारको अध्यक्षतामा काठमाडौंको अनामनगर स्थित सामाजिक विकास  समाजको हलमा सम्पन्न भएको छ । यस समाजको ३१ औं स्थापना दिवसको उपलक्ष्यमा राज्यलाई योगदान गरेका व्यतित्वहरूलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरू क्रमशः सिजन 6 नेपाल आइडल 2025 विजेता गंगा सोनाम , सफल सगरमाथा आरोही पुरुषोत्तम नेपाली र अमृत परियारलाई सम्मान गरेको थियो ।

मंगलबार काठमाण्डौमा भएको कार्यक्रममा बोल्दै  प्रमुख अतिथी नेपाली कांग्रेसका राष्ट्रिय सभाका सचेतक माननिय पदमबहादुर परियारले जातिको विकास संरक्षण र शशक्तिकरणको लागि परियार सेवा समाज स्थापना गरेको भुल्नु नहुने भन्दै ०४७ र ०६२ /६३ अगाडि दलितको अवस्था कहाँ थियो भन्ने कुरा हेक्का राख्नु जरुरी भएको बताए ।

उनले लोकतन्त्र र गणतन्त्रले दिएका यी उपलव्धिहरु हाम्रा हुन यी व्यवस्थाहरुमा तलभाथि भए त्यसको ठूलो मार दलित समुदायलाई पर्ने उनको धारणा थियो ।
उनले लोकतन्त्र र गणतन्त्रकको पक्षमा संगठीत हुनु आजको अवाश्यकता भएको भन्दै सिस्टम र अधिकारको कुरा गर्ने हो दलित समुदाय सदा सत्ताको खवरदारीको आन्दोलनमा छ र हुनु पर्छ । परियारले विसे नगर्चि सबैको प्रेरक चएको भन्दै त्यस्ता व्यक्तिहरुलाई राज्यले उचित सम्मान गर्नुपर्ने धारणा रााखे ।


उनले यस्ता पारिवारीक संस्थाहरु आफैमा विभाजन र विखण्डति हुनु दुखद कुरा भएको बताए । उनले यस्ता गतिविधिले अफैलाइै कम्जोर बनाउने भएकोले नेतृत्वले सबैसँग सम्वन्वय गरी चाँडो भन्दा चाँडो एक भएर हाम्रा हक अधिकारका लागि लड्नु आजको आवश्यकता भएको बताए ।

कार्यक्रममा बोेल्दै डा. मित्र परियारले देशभरी ठूलो उपस्थिति रहेको दलित समुदाय एक नहुँदा उनिहरुमाथि दमन बढेको प्रति दुख व्यक्त गरे ।
“ बोलेकै भरमा हालै जनकपरियार हप्ता दिन हिरासत बस्नुभयो, सिन्धुलिका श्रीकृष्ण विकको न्याय घाममा सुख्यो, दिपा नेपाली विभेदविरुद्ध सडकमा छन्, अनि खगेन्द्र सुनारहरु मौन बस्नु भाछ, हामी विभक्त छौं” परियारले भने ।

परियार सेवा समाजका अध्यक्ष नारायण परियारको अध्यक्षता भएको कार्यक्रममा पूर्व मन्त्री पूर्व अध्यक्ष तथा सल्लाहकार हरिशंकर परियार, संस्थापक सल्लाहकार उत्तम परियार, सभाषद तथा सल्लाहकार टेकु नेपाली गंगा सुनाम पुरुषोत्तम नेपाली केशर आउजी खेम नेपालीले आफ्ना धारणा राखेका थिए ।


कार्यक्रमा बोल्ने अधिकांश वक्तहरुले परियार सेवा समाज विभक्त भएर भन्दा एकजुट भएर सामाजिक उत्पीडन विरुद्ध लड्नुपर्नेमा जोड दिए ।


संस्थाका महासचिव बुध्दिमान परियारले संचालन गरेको कार्यक्रममा धन्यवाद मन्तव्य संस्थाका उपाध्यक्ष फत्तेमान परियारले र स्वागत मन्तव्य उपाध्यक्ष ओजकुमार सिवाले गरेका थिए ।
कार्यत्रममा सभाषद तथा सल्लाहकार दुर्गा परियार ,सल्लाहकार डम्वर पहाडी, लगायत अभियन्ताहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *