उदयपुर केन्द्रबिन्दु भएर भूकम्प गयो

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति १० बजेर ५१ मिनेट जाँदा बागपाटी आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ राजेश शर्माले जानकारी दिए । यद्यपी भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।

त्यसअघि शनिबार बिहान पनि ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *