शान्तिको सन्देश बोकेर काठमाडौं-लुम्बिनी साइकल यात्रा हुँदै, बुद्ध जन्मभूमिमा भव्य कार्यक्रम

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं – भगवान गौतम बृद्धको जन्मजयन्ती पारेर काठमाडौंबाट पवित्र भूमि लुम्बिनीसम्म शान्तिको सन्देश बोकेर ‘शान्तिका लागि साइकल यात्रा’ आयोजना हुने भएको छ। विश्वभर बढ्दो द्वन्द्व, युद्ध र अस्थिरताका बीच शान्ति, करुणा र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यसहित यो विशेष अभियान सञ्चालन गर्न लागिएको हो। महासिद्ध युनिभर्सल पिस स्यान्क्चुअरीको आयोजनामा हुने उक्त साइकल यात्रामा १०८ जना साइकल यात्रीहरू सहभागी हुनेछन्। उनीहरूले स्वयम्भूबाट यात्रा सुरु गर्दै चार दिनको दूरी पार गरी बुद्धको जन्मभूमि लुम्बिनी पुग्ने कार्यक्रम रहेको छ। वैशाख १५ गते सुरु हुने यात्रा पहिलो दिन हेटौंडा, दोस्रो दिन नारायणघाट हुँदै नवलपुरको रजहर, तेस्रो दिन कावासोती, दाउन्ने र बर्दघाट हुँदै भैरहवा र चौथो दिन बिहान लुम्बिनी पुगेर समापन गरिनेछ। आयोजकका अनुसार यात्रामा सहभागीहरूले शारीरिक यात्रासँगै शान्ति र चेतनाको सन्देश पनि फैलाउनेछन्। यो विशेष साइकल यात्रा केवल खेलकुद वा यात्रामात्र होइन, यो मानवताको पक्षमा उठाइएको सामूहिक आवाज भएको आयोजकले बताएको छ । जहाँ प्रत्येक पैडलसँगै शान्ति, करुणा र चेतनाको सन्देश फैलिने आयोजकको विश्वास छ । १०८ जना प्रतिबद्ध साइकल यात्रीहरूले स्वयम्भू बाट यात्रा सुरु गर्दै चार दिनको कठिन तर प्रेरणादायी मार्ग पार गर्दै लुम्बिनी पुग्नेछन्। वैशाख १५ गते सुरु हुने यो यात्रा हेटौंडा, नारायणघाट, नवलपुर, कावासोती, दाउन्ने, बर्दघाट हुँदै भैरहवा पुगेर अन्ततः बुद्धको जन्मभूमि लुम्बिनीमा समापन हुनेछ। यात्राको प्रत्येक दिन केवल दूरी पार गर्ने मात्र होइन, शान्तिको भावना बोकेर अघि बढ्ने आध्यात्मिक यात्राको अनुभूति हुने आयोजकले बताएको छ । विशेष कुरा के छ भने, २५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा लुम्बिनीमा हजारौँ शान्तिप्रेमी श्रद्धालुहरूको भव्य उपस्थितिमा मायादेवी मन्दिर दर्शन, बोधि वृक्षको छायाँमा विशेष ध्यान तथा विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरिनेछ। अर्थात् बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। सो अवसरमा मायादेवी मन्दिर दर्शन, बोधि वृक्षमुनि सामूहिक ध्यान तथा विश्व शान्तिका लागि प्रार्थना गरिनेछ। साथै युद्धका प्रतीकका रूपमा हजारौँ दीप प्रज्वलन गरिने कार्यक्रम पनि तय गरिएको छ। कार्यक्रममा पूजनीय श्याल्पा तेनजिन रिन्पोछे सहित विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ। रिन्पोछेले विगत चार दशकदेखि विश्वभर शान्ति र बौद्ध शिक्षाको प्रचार–प्रसार गर्दै आउनुभएको छ। यसैबीच, कार्यक्रममा ‘पूर्ण मुक्तिको मार्ग’ नामक पुस्तकको विमोचन समेत गरिनेछ। उक्त पुस्तकले आन्तरिक शान्ति र आत्मबोधका विषयमा मार्गदर्शन गर्ने विश्वास लिइएको छ। यात्रा अवधिभर वातावरण संरक्षणको सन्देश पनि प्रवाह गरिनेछ। ‘गोइङ ग्रिन’ अवधारणाअनुसार कार्बन उत्सर्जन घटाउने तथा पर्यावरण संरक्षणबारे जनचेतना फैलाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। देश तथा विदेशबाट सयौँ साइकल यात्री, शान्तिप्रेमी नागरिक र श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको यस कार्यक्रमले नेपाललाई पुनः विश्व शान्तिको सन्देश दिने केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। आयोजकले सबैलाई उक्त कार्यक्रममा सहभागी भई शान्ति, करुणा र सहअस्तित्वको सन्देश फैलाउन आह्वान गरेको छ। काठमाडौंदेखि पवित्र भूमि लुम्बिनीसम्म शान्तिको सन्देश बोकेर सुरु हुन लागेको ऐतिहासिक ‘शान्तिका लागि साइकल यात्रा’ले नेपाललाई फेरि एकपटक विश्व शान्तिको केन्द्रका रूपमा उभ्याउने तयारी गरेको आयोजकले बताएको छ । विश्वभर द्वन्द्व, युद्ध र अस्थिरताको बादल मडारिइरहेका बेला, शान्ति र करुणाको ज्योति प्रज्वलित गर्ने उद्देश्यले आयोजना हुन लागेको यो अभियानले भगवान गौतम बुद्ध को शिक्षालाई व्यवहारमा उतार्ने एउटा सशक्त प्रयासको रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *