राष्ट्रिय फोटोपत्रकार समूह, नेपालले तिनदिने फोटोपत्रकारिता तालिम सम्पन्न

काठमाडौँ । राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको तीनदिने फोटोपत्रकारिता तालिम सम्पन्न भएको छ । असार १९ देखि २१ गतेसम्म काठमाडौँस्थित द ब्रिटिस कलेज, थापाथलीमा सञ्चालन गरिएको तालिममा देशका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकार, पत्रकार तथा फोटोग्राफी क्षेत्रमा रुचि भएका ६० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक तथा संस्थाका महासचिव घनश्याम श्रेष्ठले […]

Continue Reading

नेपालमा कम्युनिष्ट आन्दोलन जीवित छैन

  प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र सांगठनिक रूपमा विघटित भइसकेको भन्दै त्यसको पुनर्गठनको लागि नयाँ अभियान आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौंमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’  पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेता शर्माले नेपाली कम्युनिष्ट आन्दोलन अहिले वैचारिक रूपमा […]

Continue Reading

परियार सेवा समाजको ३१ औ स्थापना दिवस सम्पन्न,राज्यलाई योगदान गर्नेहरूलाई गरियो सम्मान

काठमाण्डौं ।  परियार सेवा समाजको ३१ औं स्थापना दिवस मिति २०८३ जेठ २६ गतेका दिन समाजका केन्द्रीय अध्यक्ष नारायण परियारको अध्यक्षतामा काठमाडौंको अनामनगर स्थित सामाजिक विकास  समाजको हलमा सम्पन्न भएको छ । यस समाजको ३१ औं स्थापना दिवसको उपलक्ष्यमा राज्यलाई योगदान गरेका व्यतित्वहरूलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरू क्रमशः सिजन 6 नेपाल आइडल […]

Continue Reading

दिल्ली राजनीति भेटघाट र भ्रमण बारे राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट :रास्वपा सभापति रवि लामिछाने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। उनले सोमबार दिउँसो शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।भेटमा लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। लामिछानेका स्वकीय सचिव प्रदीप आचार्यका अनुसार लामिछानेले भारतीय जनता पार्टीको निमन्त्रणामा भएको भ्रमण र भ्रमणमा भारतीय प्रधानमन्त्रीलगायतसँग भएको भेटघाट, कुराकानीबारे जानकारी गराएका हुन्।

Continue Reading

ब्राभो MCT को चौथो उपहार वितरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा, शनिबार लाहानमा भव्य आयोजना हुने

लाहान, सिरहा। मधेश कमर्स एण्ड ट्रेड (ब्राभो MCT) द्वारा आयोजित चौथो उपहार वितरण कार्यक्रम यही २०८३ जेष्ठ ३० गते शनिबार लाहानस्थित ग्रीन गार्डेन पार्टी प्यालेस मा भव्य रूपमा सम्पन्न हुने भएको छ। कार्यक्रम बिहान ११:३० बजे देखि सुरु हुने आयोजकले जनाएको छ। ब्राभो MCT ले आफ्ना सदस्य तथा ग्राहकहरूको विश्वास र निरन्तर सहयोगको सम्मानस्वरूप आयोजना […]

Continue Reading

शान्तिको सन्देश बोकेर काठमाडौं-लुम्बिनी साइकल यात्रा हुँदै, बुद्ध जन्मभूमिमा भव्य कार्यक्रम

काठमाडौं – भगवान गौतम बृद्धको जन्मजयन्ती पारेर काठमाडौंबाट पवित्र भूमि लुम्बिनीसम्म शान्तिको सन्देश बोकेर ‘शान्तिका लागि साइकल यात्रा’ आयोजना हुने भएको छ। विश्वभर बढ्दो द्वन्द्व, युद्ध र अस्थिरताका बीच शान्ति, करुणा र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यसहित यो विशेष अभियान सञ्चालन गर्न लागिएको हो। महासिद्ध युनिभर्सल पिस स्यान्क्चुअरीको आयोजनामा हुने उक्त साइकल यात्रामा १०८ जना साइकल […]

Continue Reading

सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने

काठमाडौँ । सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएका छन् । सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको नेकपाका सांसद युवराज दुलालले जानकारी दिएका हुन् । उनका अनुसार लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने विषयमा विपक्षी दलहरूबीच सहमति जुटेको छ । प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिका सभापतिका […]

Continue Reading

संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुदै

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुदै छ ।आज बस्ने प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिको चयन आज १ बजे बस्ने सबै समितिको छुट्टा छुट्टै बैठकमा हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ । समितिका सभापतिमा विहिबार मनोनयन दर्ता भएको छ । जसमा शिक्षा समिति र […]

Continue Reading

आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय […]

Continue Reading

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा बागद्वार पदयात्रा कार्यक्रम सम्पन्न

काठमाडौं । नयाँ वर्ष २०८३ को पावन अवसर तथा ऐतिहासिक बागद्वार मेलालाई लक्षित गर्दै बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा बुढानीलकण्ठ नागीगुम्बादेखि बागद्वारसम्मको पदयात्रा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा १५०० भन्दा बढी पदयात्रीहरूको सहभागिता रहेको थियो। सो अवसरमा जनप्रतिनिधि एवं १५०० भन्दा धेरै नगरवासीहरुको सक्रिय सहभागितामा […]

Continue Reading