ब्राभो MCT को चौथो उपहार वितरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा, शनिबार लाहानमा भव्य आयोजना हुने

लाहान, सिरहा। मधेश कमर्स एण्ड ट्रेड (ब्राभो MCT) द्वारा आयोजित चौथो उपहार वितरण कार्यक्रम यही २०८३ जेष्ठ ३० गते शनिबार लाहानस्थित ग्रीन गार्डेन पार्टी प्यालेस मा भव्य रूपमा सम्पन्न हुने भएको छ। कार्यक्रम बिहान ११:३० बजे देखि सुरु हुने आयोजकले जनाएको छ। ब्राभो MCT ले आफ्ना सदस्य तथा ग्राहकहरूको विश्वास र निरन्तर सहयोगको सम्मानस्वरूप आयोजना […]

Continue Reading

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा बागद्वार पदयात्रा कार्यक्रम सम्पन्न

काठमाडौं । नयाँ वर्ष २०८३ को पावन अवसर तथा ऐतिहासिक बागद्वार मेलालाई लक्षित गर्दै बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा बुढानीलकण्ठ नागीगुम्बादेखि बागद्वारसम्मको पदयात्रा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा १५०० भन्दा बढी पदयात्रीहरूको सहभागिता रहेको थियो। सो अवसरमा जनप्रतिनिधि एवं १५०० भन्दा धेरै नगरवासीहरुको सक्रिय सहभागितामा […]

Continue Reading

चार दिनमा देशभरबाट २२६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमा दुई सय २६ जना पक्राउ गरेको छ । प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको अभियानका क्रममा यही चैत १८, १९, २० र २१ गते गरी दुई सय २६ जनालाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण […]

Continue Reading

मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा निर्णय गरेकाे हाे। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारकाे प्रवक्तामा नियुक्त गर्ने निर्णय गरिएकाे छ […]

Continue Reading

गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति […]

Continue Reading

पोखरेल बने सरकारको प्रवक्ता

  काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

Continue Reading

प्रधानमन्त्री शाहद्वारा पदभार लगत्तै मन्त्री र सचिवहरूलाई निर्देशन

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहण लगत्तै मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २ः१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गरेका प्रधानमन्त्री शाहले ब्रिफिङ लिँदै मन्त्री र सचिवहरूलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री शाहलाई मुख्यसचिव सुमनराज अर्याललगायत सचिवहरूले स्वागतसहित ब्रिफिङ गरेका थिए ।

Continue Reading

सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँः कानुनमन्त्री गौतम

काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताउनुभएको छ । राष्ट्रपतिसक्षम शपथ ग्रहणलगत्तै सिंहदरबारमा आएर पदभार ग्रहण गर्दै मुलुकी अपराधसंहिता, २०७४ लगायतका संहिताहरुमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्ने विषयमा हस्ताक्षर गर्दै सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताउनुभयो । “विगतमा रोकिएर रहेका नयाँ निर्माण गर्नुपर्ने कानुनहरु, संशोधन […]

Continue Reading

निर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै छ । केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो । बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रूपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए […]

Continue Reading

समकक्षी मोदीको बधाई, भने- यहाँसँग मिलेर काम गर्न तत्पर छु

काठमाडौँ ।  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीलले बधाई दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शाहले प्रधानमन्त्री पद र गोपनीयताको शपथ लिएसँगै भारतीय समकक्षी मोदीले बधाई दिएका हुन् । मोदीले सामाजिक सञ्जालमा बधाई दिँदे लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई । यहाँको यस नियुक्तिले नेपाली जनताले […]

Continue Reading