भूकम्पप्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्न आग्रह

काठमाडौँ, ४ मङ्सिर : नेकपा (एमाले)को भूकम्पप्रभावित जिल्लाका नागरिकको जीवनरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भूकम्पप्रभावित जिल्लाका नागरिकले उपचार नपाएर मृत्यु भएको खबरले दुःखित तुल्याएको उल्लेख गर्दै उनीहरूको जीवन रक्षाका लागि उचित प्रवन्ध गर्न आग्रह गरिएको छ । सरकारले वृद्ध, दीर्घरोगी, बालक, महिला, […]

Continue Reading

तीन पूर्वकर्मचारी सम्मानित

राष्ट्रिय समाचार समिति(रासस)को ६२औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा राससका तीन पूर्वकर्मचारीलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुने कर्मचारीमा टेकनाथ दाहाल, कमलबहादुर ठकुरी र कृष्णप्रसाद वाग्ले हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष लिलावल्लभ घिमिरेले पूर्वकर्मचारीलाई सम्मान गर्दै रासस निकै परिपक्व संस्था भएकाले यसले आफ्ना सेवालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने विचार राख्नुभयो […]

Continue Reading

आयोगद्वारा परीक्षा सञ्चालन

मुलुकमा सङ्घीयता संरचना कार्यान्वयमा आएपछि कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेत पहिलोपटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो । प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६÷०७८÷०७९ को विज्ञापनअनुसार […]

Continue Reading

सञ्चारमाध्यामका लागि आचारसंहितामा के छ व्यवस्था ?

स्थानीय तह निर्वाचन आचारसंहिता लागूभएसँगै सञ्चारमाध्यमले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन आयोगले जनाएको छ । शुक्रबारदेखि आयोगले निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । आचारसंहिता लागू भएसँगै सञ्चार माध्यम, सम्बद्ध कर्मचारी तथा पत्रकारहरुले ११ बुँदे आचारसंहिता पालना गर्नुपर्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह […]

Continue Reading