निर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

प्रमुख समाचार प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै छ । केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।

बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रूपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।

उनीहरू सबैले सिंहदरबार पुगेर पदभार गरिसकेका छन् । सरकारले गर्ने केही महत्त्व पूर्ण कामबारे मन्त्रिपरिषद्बाट निर्णय लिइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *