सर्वोच्च अदालतद्वारा सरकारसँग जवाफ माग

काठमाडौँ-सर्वोच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज जलवायु परिर्वतनसम्बन्धी कानुन किन नबनाएको भन्ने विषयमा सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो। अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतले २०७५ पुस १० गते […]

Continue Reading

हात्ती आक्रमणबाट तीनको मृत्यु

झापा, ४ पुस : एक महिनामा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना कर्मचारी रहेका छन् भने एक जना सर्वसाधारणको रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख मेघराज राईका अनुसार जलथल वनबाट निस्कने जङ्गली हात्तीको आक्रमणमा हल्दीबारी गाउँपालिका दुई जना र दमक नगरपालिकाका एक जनाको […]

Continue Reading

मधेस प्रदेशको प्रथम सम्मेलनले सङ्घीयतालाई बल पुर्‍याउने विश्वास

महेन्द्रनगर (धनुषा), ४ पुस : नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले बिहीबार र शुक्रबार हुन गइरहेको पार्टीको प्रथम मधेस सम्मेलनले सङ्घीयतामा हिम्मत थप्ने बताउनुभएको छ । जनकपुरधाममा मधेस सम्मेलनको पूर्वसन्ध्यामा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सभापति यादवले सम्मेलनले सङ्घीयता र गणतन्त्रलाई थप बल प्रदान गर्ने बताउनुभयो । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री […]

Continue Reading

सङ्कल्प यात्रा सफल भएको एमालेको निष्कर्ष

काठमाडौँ, ४ पुस : नेकपा (एमाले)ले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय ललितपुरमा आज भएको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा सफल भएको निष्कर्ण निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राससलाई बताउनुभयो । “अभियानले पूर्णरुपमा राजनीतिक उपलब्धि हासिल गरेको छ । यात्राले मध्यपहाडी लोकमार्गका समस्या […]

Continue Reading

२५ जोडी वरवधूको निःशुल्क शुभविवाह

महेन्द्रनगर (धनुषा), २ पुस : विश्व हिन्दू परिषद्ले आज जनकपुरधाममा २५ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा शुभ विवाहको कार्यक्रम आयोजना गरिएको हो । भगवान् श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विवाहको आयोजना गर्नुभएको परिषद्का केन्द्रीय सदस्य डा मनोहर साहले […]

Continue Reading

‘श्रमिक वर्गको समस्या समाधान गर्न आवश्यक छ ’

सुन्दरहरैँचा (मोरङ) २ पुस : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उहाँले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि आउँदैन भन्नुभयो । “श्रमिकको सम्मान छैन, त्यसैले हामी पछाडि छौँ”, उहाँले भन्नुभयो, “यहाँ कामका आधारमा […]

Continue Reading

आप्रवासी श्रमिकको अधिकार संरक्षणमा गर्न आग्रह

काठमाडौँ, २ पुस : राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा गएकाले देशको अर्थतन्त्रलाई पुर्‍याएको योगदानको अनुपातमा उनीहरुको मानव अधिकार संरक्षणका लागि राज्यले पर्याप्त लगानी गर्न सरकारसँग आग्रह गरेको छ । अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा पीडितको न्यायमा पहुँच पु¥याउन, वैदेशिक रोजगार व्यवस्थापनको विषयलाई राष्ट्रिय महत्वका साथ […]

Continue Reading

‘नेपालको विविधतालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्छ’

जनकपुरधाम, २९ मङ्सिर ः प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालको सामाजिक, सांस्कृतिक र जैविक विविधताका साथै विविध सांस्कृतिक चेतनालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्ने बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित पाँचौ अन्तर्राष्ट्रिय साहित्य उत्सवको समुद्घाटन गर्नुहुँदै प्रथम राष्ट्रपति यादवले भाषा, साहित्य र कलाको संरक्षणले मात्रै देश समृद्ध हुने बताउनुभयो । त्यसैगरी नेपाल र भारतले […]

Continue Reading

जनताका समस्या पहिचान गर्न एमालेको सङ्कल्प यात्रा

भोजपुर, २८ मङ्सिर : नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका समस्या पहिचान गर्न आफ्नो पार्टीले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ सञ्चालन गरेको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज पौवादुङमा गाउँपालिका आइपुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । मध्यपहाडी क्षेत्रका जनताबाट आएका माग तथा सुझावलाई सङ्कलन गरिएको बताउँदै अध्यक्ष ओलीले नागरिकका […]

Continue Reading

नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना छ : प्रम

काभ्रेपलाञ्चोक, २७ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । उहाँले ‘क्लिन इनर्जी–ग्रीन इनर्जी’को सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को आज शिलान्यास गर्दै प्रधानमन्त्रीले हरित क्रान्तिको नयाँ युग सुरु गर्ने सन्दर्भमा क्लिन इनर्जी–ग्रीन इनर्जीलाई प्राथमिकतामा राखिने बताउनुभयो […]

Continue Reading