जेनजी आन्दोलनमा लुटिएका हातहतियार बुझाउन सेनाको आग्रह

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । नेपाली सेनाले ‘जेनजी’ आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हातहतियार बुझाउन आग्रह गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार विज्ञप्ति जारी गर्दै नबुझाए कारबाहीको चेतावनी दिएको छ ।

 

“जेनजी नेतृत्वको आन्दोलनका क्रममा कसैले सुरक्षाकर्मीबाट लुटिएका/फेला पारेका हातहतियार, गोलीगट्ठा एवं सुरक्षा सामग्रीहरूनजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउनुहुन अनुरोध गरिन्छ,” सेनाले भनेको छ ।

त्यस्ता हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकाले त्यस सम्बन्धी सूचना प्राप्त गर्ने व्यक्तिले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्न सेनाले अनुरोध गरेको छ ।

 

“यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकको प्रयोग नगर्नसमेत अनुरोध छ,” सेनाले भनेको छ ।

उक्त हातहतियार र गोलीगट्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुनबमोजिम कारबाही हुने सेनाले विज्ञप्तिमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *