भारतमा हुने एकता सन्देश सभामा सहभागी हुन प्रचण्ड आज भारत जाँदै

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

ठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने भएका छन् ।

नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी आज साँझ भारत जान लागेका हुन् ।

 

नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार, भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकताबद्ध गर्दै उनीहरूमा सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *