नेपाली कम्युनिष्ट पार्टीले गर्यो युवा नेता चौधरीलाई पर्सा २ बाट उम्मेदवार सिफारिस

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाण्डौं । नेपाली कम्युनिष्ट पार्टी पर्साले युवा नेता मनोज चौधरीलाई पर्सा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

 

पार्टीको सम्बन्धित जिल्ला कमिटीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चौधरीलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको हो। विकास प्रेमी ,बौद्धिक प्रखर, चेतनाले समृद्ध र बेदाग छविका युवा नेताका रूपमा परिचित चौधरीलाईउम्मेदवारका रूपमा सिफारिस गरिएसँगै पर्सा क्षेत्र नं २ मा राजनीतिक चासो थप बढेको छ।

 

पार्टी नेतृत्वले चौधरीको उम्मेदवारीले युवाहरूमा उत्साह थप्ने र वैचारिक राजनीतिलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।
उनीसँगै सत्यनारायण रौनीयार र प्रभावकर गुल्ता पनि सिफासिस भएका छन् ।

पार्टीभित्र युवा पुस्ताको सशक्त प्रतिनिधित्व गर्ने नेताका रूपमा हेरिएका चौधरीले वैचारिक स्पष्टता, संगठनप्रतिको प्रतिबद्धता र जनसरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *