इलाम । नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि सुहाङ नेम्वाङलाई सिफारिस गरेको छ ।
शनिवार बसेको जिल्ला कमिटी बैठकले सुहाङलाई सर्वसम्मत रूपमा एकल सिफारिस गरेको हो । सुहाङ २०८० वैशाख १५ गते भएको उपनिर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।