एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ, १७ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरसन (एमसिसी) ले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताउनुभएको छ । एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा बुधबार काठमाडौँ आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले परियोजना कार्यान्वयनबाट नेपालको व्यापार सञ्जाललाई एशियाका विशाल अर्थतन्त्र भएका मुलुकसँग जोड्ने र […]

Continue Reading

गुणस्तरीय स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा : स्वास्थ्यमन्त्री बस्नेत

देउखुरी (दाङ), १७ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ । आज दाङको घोराहीमा राष्ट्रिय जनसङ्ख्या स्वास्थ्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक तथा डेङ्गु तथा मातृ मृत्युदरसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतले गरिब तथा विपन्न समुदायलाई लक्षित गरी निजी अस्पतालमा पनि निःशुल्क श्यया उपलब्ध […]

Continue Reading

श्रीराम श्रेष्ठको कृति ‘वाङ्मयका बाह्र स्रष्टा’ सार्वजनिक

नुवाकोट । साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित लेख संग्रह ‘वाङ्मयका बाह्र स्रष्टा’ नामक कृति सार्वजनिक भएको छ । आकृति प्रकृति प्रकाशनद्वारा प्रकाशित कृतिमा श्रेष्ठले विभिन्न बाह्र स्रष्टाहरुका बारेमा लेखेका आलेखहरुलाई सङ्कलन गरिएको छ ‘वाङ्मयाका बाह्र स्रष्टा’ श्रेष्ठको २५ औं प्रकाशित कृति हो । कृतिमा वाङमयका पुराना साहित्यकारहरु भानुभक्त आचार्य, मोतीराम भट्ट, नरेन्द्रनाथ रिमाल, लेखनाथ पौडेल, बालकृष्ण […]

Continue Reading

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : पोखराका ज्येष्ठ नागरिकलाई ‘महानगर माता/पिता’ सम्मान

कास्की, १४ असोज / अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा महानगरपालिकाले आज महानगरका दुई ज्येष्ठ नागरिकलाई ‘महानगर माता’ र ‘महानगर पिता’को उपाधिबाट सम्मान गरेको छ । महानगरले वडा नं ७ की एक सय पाँच वर्षीय इन्द्रकला गौतमलाई महानगर माता र वडा नं २६ का एक सय तीन वर्षीय प्रजापति पोखरेललाई महानगर पिताबाट सम्मान गरेको हो […]

Continue Reading

बंगलादेशमा नेपाललाई ३ स्वर्ण र ७ रजत प्राप्त

मित्र राष्ट्र बंगलादेशमा यही सेप्टेम्वर २२ देखि सन्चालन भएको दोश्रो कविर ज्वेल स्मृती अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई ३ स्वर्ण ७ रजत र ४ कास्य पदक प्राप्त भएको छ । उक्त प्रतियोगितामा पुरुष तर्फ चिल्ड्रेन १०-११ बर्ष समुहमा शुसान्त कार्की,१२-१३ बर्षमा कुशल खत्री र पुरुष सिनियर तर्फ -६० किलोमा बिजय रिमाल ले नेपाललाई स्वर्ण पदक दिलाए […]

Continue Reading

जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिनाथसम्मको यात्रा गरिने

आगामी शुक्रबार येँया पुन्हिको दिन मध्यपुरथिमिको लाय्कु दरबार परिसरमा जिब्रो छेडेर थिमिदेखि पशुपति मन्दिरसम्मको यात्रा गरिने भएको छ । आज मध्यपुरथिमि नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक एवं धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो जात्रालाई सहजरूपमा सम्पन्न गर्न नगरवासीमा आह्वान गर्नुभयो । उहाँले तीन सय ५० वर्षभन्दा […]

Continue Reading

बाँकेमा मृतावस्थामा भेटियो पाटे बाघ

बाँकेमा मृतावस्थामा बाघ भेटिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा मङ्गलबार साँझ ७ बजेतिर वयस्क पाटे बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय बाँकेका निमित्त वन अधिकृत गणेश खड्काले जानकारी दिनुभयो । स्थानीयवासीको भनाइलाई उद्धृत गर्दै निमित्त वन अधिकृत खड्काले मृतावस्थामा भेटिएको उक्त बाघ सो क्षेत्रमा केही दिनअघिदेखि नै देखिएको थियो । […]

Continue Reading

विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घको आह्वानमा भोलि सेप्टेम्बर २७ का दिन विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै छ । राष्ट्रसङ्घको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन् २०१३ मा सम्पन्न साधारणसभाबाट घोषणा भएसँगै सेप्टेम्बर २७ का दिन अन्तर्राट्रियस्तरमा दिवस मनाउन थालिएको हो । विशेषगरी विश्व शीतयुद्धको समाप्त भएपछि संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत […]

Continue Reading

मुस्लिमका लागि समानुपातिक आरक्षणको व्यवस्था सुनिश्चित गरेका छौँ : सभापति देउवा

काठमाडौँ, ७ असोज : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायका लागि आफ्नो पार्टीमा समानुपातिक समावेशी आरक्षणको व्यवस्था सुनिश्चित गरेको बताउनुभएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उहाँले मुस्लिम समुदायलाई राज्यका निकायमा पनि संविधानअनुसार समानुपातिक समावेशी आरक्षणको व्यवस्था गरिएको उल्लेख गर्नुभयो । सभापति देउवाले निर्वाचनमा जातका […]

Continue Reading

निःशुल्क शिविरमा एघार सय बढीको आँखा परीक्षण

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा आयोजना गरिएको एक दिने निःशुल्क आँखा शिविरमा एक हजार एक सय २३ जनाले आँखा परीक्षण गराएका छन् । कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको आयोजना तथा हिमालयन आँखा अस्पतालको पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको सम्पर्क समाजका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो । मिर्मी बहुमुखी क्याम्पसमा भएको शिविर शनिबार बिहान ७ […]

Continue Reading