महिलाको नाममा भू–स्वामित्व बढ्दै

मालपोत कार्यालयबाट हुने रजिस्टे«सनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ । महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको साथै पारिवारिकरूपमा हुने विभेद हटाउन सरकारले विगत लामो समयदेखि राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपश्चात् रसुवामा पछिल्लो समय महिलाको नाममा भू–स्वामित्व बढ्न थालेको हो । राष्ट्रिय […]

Continue Reading

कृषकलाई मौरीसहितको घार

कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो । आँबुखैरेनी–४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको हो । […]

Continue Reading

आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैन– अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त विधेयक स्थापित अभ्यासबाट आएको र आमसञ्चारमाध्यममा उल्लेख गरिएका व्यक्ति अनधिकृत नभएको स्पष्ट पारेको हो । रामकृष्ण श्रेष्ठको कामको अनुभव र दक्षताका कारण सेवा निवृत्तपछि पनि आर्थिक विधेयकको मस्यौदा टाइप […]

Continue Reading

कृषि सहकारीको समस्या समाधान गर्न अध्ययन

कृषि क्षेत्रका विज्ञहरूले कृषि सहकारीलाई उद्देश्यअनुरूप सञ्चालनका लागि प्रेरित गर्नुपर्ने बताएका छन् । राष्ट्रिय किसान आयोगद्वारा कीर्तिपुरमा आयोजित कृषिका विविध अध्ययनसम्बन्धी प्रारम्भिक गोष्ठीको तेस्रो दिन शुक्रबार आफ्नो मन्तव्य राख्ने क्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । आयोगले देशको कृषि क्षेत्रमा सर्वाधिक चासो राखिने आठ विभिन्न विषयमा विज्ञ संस्थाबाट अध्ययन गराउन थालेको हो । गोष्ठीको अन्तिम […]

Continue Reading

योजना प्रणालीको गिर्दो प्रभावकारिता र सुधारको आवश्यकता

–डा. ठाकुरप्रसाद भट्ट नेपाल योजनाबद्ध विकासमा लागेको दशकौँ भइसकेको छ । प्रारम्भको केही समय योजना प्रणाली र यसबाट बनेका आवधिक योजनाबारे सबैतिर चासो रहने गरेको थियो । हाल पन्ध्रौँ योजनासम्म आइपुग्दा आवाधिक योजनाहरु औपचारिकतामा सीमित हुँदै यसप्रतिको आशा र चासो क्रमिक तवरमा घट्दै गएको पाइन्छ । फलस्वरुप योजना प्रणाली र स्वयं योजनातर्जुमा गर्ने निकायको गरिमा […]

Continue Reading

सुगन्धकोकिलाको उत्पादनमा गिरावट

विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला ९मल्लागिरि’ को उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो । विगतका वर्षमा पाँच सय क्विन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा पछिल्लो दुई वर्षमा उत्पादन घटेको स्थानीयले बताएका छन् । विगतमा पाँच सय क्विन्टल उत्पादन हुने गरेको भए पनि यस […]

Continue Reading

ठेक्का म्याद सकिनै लाग्दासमेत निर्माण सुरु भएन

सरसर्ती निर्माण भएको भए बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल अहिलेसम्म निर्माण भइसक्थ्यो । आगामी २०७९ चैत मसान्तभित्र अस्पताल भवन निर्माण सक्नुपर्ने ठेकेदार कम्पनी र ताराखोला गाउँपालिका बीचको सम्झौता भएपनि अस्पतालको काम अझै सुरु भएको छैन । जिल्लाका अन्य पालिकाका आधारभूत अस्पताल धमाधम निर्माण भइरहेको सन्र्दभमा यहाँ भने जग्गा स्थानान्तरण विवाद र ठेकेदार कम्पनीबीचको असमझदारीका […]

Continue Reading

कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

कोइलाको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ । उद्योगमा पर्याप्त कोइला भण्डारण गरेपछि आगामी फागुन ५ गते भित्र सिमेन्ट उत्पादन गर्ने तयारी गरिएको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक […]

Continue Reading

सौराहामा फुड फेस्टिबल सुरु

प्रेम दिवसको अवसरमा सौराहामा आजदेखि फुड फेस्टिबल सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) सौराहाले आयोजना गरेको फेस्टिबलको बागमती प्रदेशका सदस्य पूर्वमन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले पछिल्लो समय कोभिडका कारण थलापरेको पर्यटन व्यवसाय उकास्न यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । प्रदेश सरकारले यहाँको पर्यटन व्यवसाय प्रवर्द्धनका लागि काम गरेको […]

Continue Reading

वैदेशिक जागिर छाडेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भंँैसीपालनमा रमाइरहनुभएको छ । उहाँले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहनुभएको छ । साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गर्नुभएका गोदावरी नगरपालिका– २ अत्तरियाका उहाँले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्नुुहुन्थ्यो । पुख्र्यौली घर बझाङको छविस पाथिभेरा-२ भएका उहाँले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस जानु भएको […]

Continue Reading