प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गर्नुभएको छ । इटाली भ्रमणमा रहनुभएका उहाँले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राख्नुभएको थियो । सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, […]

Continue Reading

सभापति देउवा र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ । काठमाडौँमा सोमबार भएको भेटमा उहाँहरूबीच दुई देशको द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ । चिनियाँ […]

Continue Reading

कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ । कोरियामा रोजगार गरेर फर्किएकाले यही साउन १३ गतेदेखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सकिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भाषा […]

Continue Reading

‘लम्पी स्किन’ले गोरु मरेपछि किसानलाई खेत जोत्न समस्या

तनहुँमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ । धान रोपाइँको चटारोका बीचमा सो रोगबाट गोरु मरेपछि कृषकलाई समस्या भएको हो । जिल्लाका दशवटै पालिकाका चार हजार एक सय ७६ पशुमा लम्पी स्किन रोग फैलिएकामा ४७ पशु मरेका छन् । यसमध्ये ४३ गोरु रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ […]

Continue Reading

लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सकारात्मक

नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रुपालाबीच भएको छलफलमा लम्की स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो । मन्त्री भुसालले हालै गर्नुभएको भारत भ्रमणका क्रममा भएको […]

Continue Reading

मनाङमा गत वर्ष २० हजार पर्यटक 

आर्थिक वर्ष २०७९/८० मा हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आउने क्रम बढे्को छ । गत वर्ष २० हजार दुई सय ६७ पर्यटक मनाङ भित्रिएका छन् । विश्वकको १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत जिल्लामा विदेशी पर्यटक आउनेको सङ्ख्यामा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष […]

Continue Reading

राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र जर्मनीबाट नेपाल आउनुभएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच आज भेटघाट भएको छ । चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आउनुभएको हो । उक्त भेटका अवसरमा सदस्य सचिव घिसिङले मन्सुरीसँग प्रशिक्षणको योजनालगायतका बारेमा जिज्ञासा राख्दै प्रशिक्षणमा परिषद्ले […]

Continue Reading

श्रमसम्बन्धी फैसला संग्रह सार्वजनिक

श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह २०८०’ नामक पुस्तक सार्वजनिक गरिएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उक्त पुस्तक सार्वजनिक गर्दै श्रमसँगसम्बन्धी फैसला प्रकाशनका रूपमा आउनु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले  श्रमसँग सम्बन्धित नजिरलाई समेटेर पुस्तक प्रकाशन भएकाले न्यायालय र न्यायसँग सम्बन्धित व्यक्तिलाई यो पुस्तकले मार्गदर्शन प्रदान गर्नेमा विश्वास व्यक्त गर्नुभयो । […]

Continue Reading

सुरक्षित आवास पाएपछि बाढी प्रभावित खुसी

कैलालीको भजनी नगरपालिका–५ पलियापुरमा नगरपालिका, दिगो विकास समाज र जनश्रमदानबाट बाढी प्रभावितका लागि सुरक्षित घर निर्माण गरिएका छन् । नगरपालिकाको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र भनेर चिनिने पलियापुरमा सुरक्षित आवास निर्माण भएपछि यहाँका बाढी प्रभावित खुसी भएका छन् । नगरपालिका, दिगो विकास समाज र जनश्रमदान गरी रू ९५ लाख ४६ हजार नौ सय बराबरको लगानीमा […]

Continue Reading

असार तेस्रो सातासम्म मोरङमा ६५ प्रतिशत रोपाइँ

असार तेस्रो साता बितिसक्दा मोरङमा ६५ प्रतिशत (५४ हजार एक सय ४५ हेक्टर जमिनमा) धान रोपाइँ भएको छ । ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ देशैभर धान रोपाइँ भइरहेको छ । मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरिएकामा  हालसम्म ६५ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका […]

Continue Reading