गर्मी बढेपछि एकसाता विद्यालय बन्द

केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो । नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिनुभयो । हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा […]

Continue Reading

मैथिली इतिहास, भाषा र सहित्यमाथि ‘विमर्श’ हुने

मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा तीन दिवसीय विमर्श कार्यक्रम हुने भएको छ । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अयोजक संस्था विमर्श फाउण्डेशनका अध्यक्ष विभा झाले यही जेठ २६–२८ सम्म तीन दिने ‘विमर्श एक दीप चेतनाक’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले तीन दिनमा जनकपुरको समृद्ध इतिहास र वर्तमान, […]

Continue Reading

साल्ट ट्रेडिङको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्ष पदमा प्रदीपलाल श्रेष्ठलाई नियुक्त गरिएको छ । सोमबार बसेको लिमिटेडको सञ्चालक समितिको बैठकले कर्पोरेसनकै सञ्चालकको रुपमा काम गर्दै आएका प्रदीपलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । आठ वर्षदेखि कर्पोरेसनको संचालकको रुपमा आफ्नो कार्य गर्दै आएका उनले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका […]

Continue Reading

महिलालाई सबै ठाउँमा समान अवसर र सहभागिताको माग

महिलालाई सबै ठाउँमा समान अवसर र सहभागिताको व्यवस्था गरिनुपर्नेमा स्रष्टाहरूले जोड दिएका छन् । मानवअधिकार तथा शान्ति समाज केन्द्रीय समितिले आयोजना गरेको मासिक शान्ति काव्य प्रवाहको ९०औँ शृङ्खलाका सहभागी स्रष्टाले महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार नगर्न रचनामार्फत आह्वान गरेका थिए । शान्ति काव्य प्रवाहमा कविहरूले महिला अधिकारलगायत समसामयिक सन्दर्भमा केन्द्रित रही आफ्नो रचना प्रस्तुत […]

Continue Reading

हात्तीपाइले विरुद्धको औषधि थप पाँच दिन खुवाइने

सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । आजसम्म खुवाइने भनेता पनि थप पाँच दिनका लागि अभियान सञ्चालन गरिने भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने जानकारी दिनुभयो । यसअघि यही फागुन ११ देखि सुरु भएको अभियान आज फागुन […]

Continue Reading

नवनिर्वाचित राष्ट्रपतिको गृह जिल्लामा दीप प्रज्ज्वलन

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा उहाँको गृह जिल्ला तनहुँको दमौलीमा दीप प्रज्ज्वलन गरिएको छ । व्यास नगरपालिका–३ अनसन चौतारीमा आज साँझ दीप प्रज्ज्वलन गरिएको हो । नेपाल विद्यार्थी सङ्घ भानुभक्त क्याम्पस एकाइको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका […]

Continue Reading

राष्ट्रपतिमा दोब्बर बढी मतले पौडेल निर्वाचित

मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा पूर्वसभामुख रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । आफ्ना प्रत्यासी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो । […]

Continue Reading

पर्यटन प्रवद्र्धनका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले म्याग्दी तथा हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म आजदेखि पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गर्न लागिएको प्रवद्र्धनात्मक कार्यक्रममा पर्यटनसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागिता छ । टेवानका अध्यक्ष कमला गिरीका […]

Continue Reading

सबै सरकारी निकायका वेबसाइट एउटै ढाँचामा ल्याइने

नेपाल सरकारका विभिन्न निकायले निर्माण गर्ने वेबसाइट एउटा ‘स्ट्यान्डर्ड’ र ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले तयार गरेको ‘टेम्प्लेट’लाई उच्च सुरक्षायुक्त बनाउन र सम्बन्धित निकायले आफू अनुकूल प्रयोगमा ल्याउन सकिने गरी नयाँ टेम्प्लेट निर्माणका गर्न प्रधानमन्त्री कार्यालयले अग्रसरता लिएको थियो । हाल सरकारी निकायहरूले कार्यालयअनुसार निजी क्षेत्रबाट वेबसाइट […]

Continue Reading

कृषि सहकारीको समस्या समाधान गर्न अध्ययन

कृषि क्षेत्रका विज्ञहरूले कृषि सहकारीलाई उद्देश्यअनुरूप सञ्चालनका लागि प्रेरित गर्नुपर्ने बताएका छन् । राष्ट्रिय किसान आयोगद्वारा कीर्तिपुरमा आयोजित कृषिका विविध अध्ययनसम्बन्धी प्रारम्भिक गोष्ठीको तेस्रो दिन शुक्रबार आफ्नो मन्तव्य राख्ने क्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । आयोगले देशको कृषि क्षेत्रमा सर्वाधिक चासो राखिने आठ विभिन्न विषयमा विज्ञ संस्थाबाट अध्ययन गराउन थालेको हो । गोष्ठीको अन्तिम […]

Continue Reading