राष्ट्रिय स्वतन्त्र पार्टीले सोसल मिडिया स्टन्टवाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको प्रचण्डको टिप्पणी

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोसल मिडिया स्टन्टवाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् ।

संयोजक दाहालले सो पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकलो निर्वाचनको बेलामा सोसल मिडियामआ स्टन्टबाज गर्ने बाहेक अरु केही गर्न नसकेको आरोप समेत लगाए ।

उनले मुलुकलाई घण्टी बजाएर मात्रै केही हुन नसक्ने भन्दै सबै बामपन्थी शक्तिहरुलाई एकताबद्ध भएर अघि बढन पनि आह्वान गरे ।

सबै वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढेमात्रै मुलुक र जनताको हित हुने संयोजक दाहालको भनाइ थियो ।संयोजक दाहालले मोहन वैद्य किरणलाई पनि आफ्नो पार्टीमा समाहित भए सम्मानका साथ स्वागत गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *