भारत सरकारले नेपाल सरकारको अनुरोधमा आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको चुनावलाई मध्यनजर गदै निर्वाचन सम्बन्धी सहयोगको दोस्रो चरण २५० भन्दा बढी एसयूभी र डबल–क्याब पिकअप सवारी साधनहरु नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारको अनुरोधका आधारमा भारत सरकारले आगामी निर्वाचनको तयारीका लागि सवारी साधन र अन्य सामग्रीहरु उपहारस्वरुप प्रदान गरिरहेको छ । यस्तो सहायताको पहिलो चरण मिति २०८२ माघ ६ गते उपलब्ध गराइएको थियो र आगामी हप्ताहरुमा थप सामग्रीहरु उपलब्ध गराइने अपेक्षा गरिएको छ ।