संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को प्रथम सम्मेलन हुदै :श्रमिक एजेन्डाहरूको वृहत छलफल गरिदै

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को प्रथम सम्मेलन हुने भएको छ ।  सात वटा ट्रेड युनियन महासघको छाता सङ्गठन (जेटियुसिसी) को प्रथम राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाडौंको वागबजारमा रहेको होटल हार्दिकमा सुरु हुने (जेटियुसिसी) को अध्यक्ष विष्णु  लम्सालले जानकारी दिएका छन् ।

सम्मेलनलाई नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने छन् । सम्मेलनको आवश्यक तयारी पूरा भएको र सम्मेलनमा विभिन्न पार्टीसम्बद्ध नेताहरु, श्रमक्षेत्रसँग सरोकार राख्ने विभिन्न सङ्घ, सङ्गठनलगायत देशैभरिबाट चार सय प्रतिनिधि सहभागी हुने अध्यक्ष लम्सालले बताए ।

सम्मेलनको बन्दसत्रमा ,जेटियुसिसी स्थापनाको उद्देश्य, यसको आरोह अबरोह, आगामी कार्यदिशाु र ,श्रमिक एजेन्डा, श्रमिकका लागि मर्यादित काम, जीवन र रोजगारीु शीर्षकमा कार्यपत्र र प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
जेटियुसिसी श्रमिकहरुको हक, अधिकारका लागि स्थापित भएको विभिन्न सातवटा घटक महासङ्घहरुको साझा सङ्गठन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *