सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ

हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । बितेका वर्षहरूमा पुस अन्तिम र माघको पहिलो सातादेखि नै हिउँ पर्ने सोलुखुम्बुमा यस वर्ष भने ढिला गरी हिउँ परेको हो । देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै वर्षा तथा हिमपात सुरु भए पनि जिल्लामा भने आइतबार मात्रै वर्षासहितको हिमपात भएको हो । आइतबार बिहानैदेखि […]

Continue Reading

गुराँसले बिस्तारै रङ्गिँदै वनपाखा

वसन्त ऋतुको आगमनसँगै पहाडी जिल्लाका वनपाखाहरू गुराँसले रङ्गीन थालेका छन् । गुराँस पाइने ताप्लेजुङसहितका पूर्वी पहाडी जिल्लाहरूमा गुराँस फुल्न सुरु भएसँगै यहाँका वनपाखाहरू रङ्गीन थालेका हुन् । यहाँका वनपाखामा कतै फक्रनै लागेका कोपिला त कतै फक्रिएर ढकमक्क भएको गुराँस देख्न थालिएको छ । ताप्लेजुङको सुकेटार, देउराली, पाथीभरालगायतका ठाउँमा गुराँस फुल्न थालेको छ । ताप्लेजुङ, तेह्रथुम […]

Continue Reading

नयाँ राजनीतिक अवस्था बनेसँगै थप चुनौती थपिएको छ : अध्यक्ष नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नयाँ राजनीतिक अवस्था सिर्जना भएसँगै देश तथा पार्टीका लागि थप चुनौती बढेको बताउनुभएको छ । धनुषाको लालगढमा आज आयोजना गरिएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले चुनौतीको सामना गर्नका लागि पार्टी एक ढिक्का भएर अगाडि बढिसकेको बताउनुभयो । आठ दलको समर्थनसहित राष्ट्रपति पदका लागि उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका […]

Continue Reading

अन्तर्राष्ट्रिय पदक विजेता धावक निमेश गुरुङ सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङलाई राष्ट्रिय खेल प्रतिभा पुरस्कार तथा सम्मानद्वारा सम्मान गरिएको छ । बैकुण्ठ मानन्धर खेलकुद नेपालले सोमबार एक कार्यक्रमको आयोजना संस्थाका अध्यक्ष किर्तिमानी धावक बैकुण्ठ मानन्धरले ताम्रपत्र एवं दोसल्ला ओडाएर गुरुङलाई सम्मान प्रदान गर्नुभयो । गुरुङले विश्वका विभिन्न राष्ट्रहरुमा आयोजित दौड प्रतियोगिताहरुमा उत्कृष्ठ प्रदर्शन गर्दै नेपाल र नेपालीको […]

Continue Reading

ब्राजिलमा भीषण बाढीः छत्तीस जनाको मृत्यु

ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्केका राजमार्ग र ढलेका रुख देखिन्छन् । उक्त शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य […]

Continue Reading

तीन पूर्वकर्मचारी सम्मानित

राष्ट्रिय समाचार समिति(रासस)को ६२औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा राससका तीन पूर्वकर्मचारीलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुने कर्मचारीमा टेकनाथ दाहाल, कमलबहादुर ठकुरी र कृष्णप्रसाद वाग्ले हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष लिलावल्लभ घिमिरेले पूर्वकर्मचारीलाई सम्मान गर्दै रासस निकै परिपक्व संस्था भएकाले यसले आफ्ना सेवालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने विचार राख्नुभयो […]

Continue Reading

गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको बिदाइ

महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा पशुपति क्षेत्र आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई बिदाइ गरिएको छ । शङ्कराचार्य निश्चलानन्द सरस्वती आज बिहान काठमाडौँबाट बनारस जानुभएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । उहाँले तीन दिनसम्म पशुपतिक्षेत्रमा प्रवचन गर्नुभएको थियो । यसैगरी पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको पनि […]

Continue Reading

योजना प्रणालीको गिर्दो प्रभावकारिता र सुधारको आवश्यकता

–डा. ठाकुरप्रसाद भट्ट नेपाल योजनाबद्ध विकासमा लागेको दशकौँ भइसकेको छ । प्रारम्भको केही समय योजना प्रणाली र यसबाट बनेका आवधिक योजनाबारे सबैतिर चासो रहने गरेको थियो । हाल पन्ध्रौँ योजनासम्म आइपुग्दा आवाधिक योजनाहरु औपचारिकतामा सीमित हुँदै यसप्रतिको आशा र चासो क्रमिक तवरमा घट्दै गएको पाइन्छ । फलस्वरुप योजना प्रणाली र स्वयं योजनातर्जुमा गर्ने निकायको गरिमा […]

Continue Reading

सुदूरपश्चिम प्रदेश सरकार पाँचवर्ष टिक्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विभिन्न प्रकारका अफवाह फैलाउने काम भइरहेको छ भन्नुभयो । “सबैसँग सहकार्य गरेर खुल्ला छलफल भइरहेको छ । चाँडै नै हामी टुङगोमा पुग्छौ”, प्रदेश मध्यावधि निर्वाचनमा […]

Continue Reading

‘यसरी सरकारी विद्यालयप्रति अपनत्व बढ्छ ’

तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैत्रिक सत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेको अध्यक्ष शुक्र चुमानले बताउनुभयो । गाउँपालिकामा ३२ जनप्रतिनिधि छन् । आँबुखैरेनी […]

Continue Reading