Preparation on to establish training academy

Ministry of Labour, Employment and Social Security has advanced preparation for the setup of high-powered Training Academy in a bid to help create employment opportunities and enhance skills. The plan has been expedited for the establishment of training academy so as to train new work force, develop integrated data management system and engage youths in […]

Continue Reading

स्थानीय तह निर्वाचनका लागि ३४ प्रकारका सामग्री प्राप्त

आगामी वैशाख ३० शुक्रबार हुने स्थानीय तह निर्वाचनका सिलसिलामा हालसम्म २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ भइसकेको छ । निर्वाचन आयोगद्वारा आज आयोजित नियमित पत्रकार भेटमा मुलुकका ७५३ निर्वाचन अधिकृतले पाउने गरी एक–एकप्रति मतदाता नामावली पठाउने कार्य भइसकेको समेत जानकारी दिइयो । निर्वाचन आयोगले केन्द्रबाट खरिद गर्नुपर्ने ३८ प्रकारका निर्वाचन सामग्रीमध्ये ३४ […]

Continue Reading

‘स्रष्टा चैत्र ३०’ सम्मान अधिकारी र पोखरेललाई

लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरणका लागि स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले यस वर्षको सम्मान साहित्यकार वासुदेव अधिकारी र विवश पोखरेललाई दिने भएको भएको छ । उहाँहरूले सिर्जना र कर्मका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र परिवर्तनलाई संस्थागत गर्न खबरदारीसहित रचनात्मकरुपमा निर्वाह गरेको भूमिको कदर गर्दै सम्मान गर्न लागिएको सो संस्थाका अध्यक्ष मनोज न्यौपानले जानकारी दिनुभयो […]

Continue Reading

प्रहरी र सशस्त्रले सीमित स्रोत साधनबीच प्रशंसनीय काम गरे : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०७७/७८ मा बेरुजु फछ्र्याेट कार्यमा सर्वोकृष्ट/उत्कृष्ट हुने कर्मचारी र अवकाश लिन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खलाललाई सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम […]

Continue Reading

एफएनजे मिडिया कप फुटसलको सेमिफाइनल समीकरण पूरा

पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित प्रथम मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । ललितपुरको नेशनल स्पोट्र्स सेन्टरमा आयोजित प्रतियोगिताको अन्तिम चारमा प्रवेश पाउने टोलीमा न्यूज २४ टेलिभिजन, टिम शिलापत्र, पत्रकार महासङ्घ कास्की शाखा र पत्रकार महासङ्घ ललितपुर शाखा छन् । पहिलो क्वार्टरफाइनलमा न्यूज २४ ले नेपाल खेलकूद पत्रकार मञ्चलाई ५–३ […]

Continue Reading

मेलम्चीको पानी भोलिदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने

मेलम्चीको पानी भोलिदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले भोलिदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिनुभयो । केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले […]

Continue Reading

पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा

काभ्रेपलाञ्चोकको पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा आजदेखि सुरु भएको छ । ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरुसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर पूजाआजा गर्ने र बोका बलि चढाएर बजार परिक्रमा गरेर पहिलो दिनको जात्रा सम्पन्न गरेको छ । हरसिद्धि पाटीमा राखेर पूजा गरी त्यहाँबाट त्रिवेणीघाटमा रहेको वासुकी नागमा जल चढाएर थुमा […]

Continue Reading

सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ

सेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित विशेष समारोहका बीच उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फूलमालाका साथ मायाको चिनो प्रदान गरी बिदाइ गर्नुभएको हो । सशस्त्र प्रहरी परिवार महिला सङ्घकी […]

Continue Reading

कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग

नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ । किसान क्रेडिट कार्डको व्यवस्था, कृषि तथा पशुपक्षीपालन उद्यमीलाई संरक्षण गर्न विद्युत् तथा पूर्वाधारको विकास, कर्जामा सहुलियतलगायत सुविधा उपलब्ध गराउन महासङ्घले माग गरेको हो । महासङ्घका अध्यक्ष प्रेमसागर पौडेलले बाख्रालाई खोरेत र पिपिआर पूर्ण खोपको […]

Continue Reading

इन्धन आयातमा वृद्धि

वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रु १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो । आव २०७७÷७८ को […]

Continue Reading