बिस्का जात्राभित्रका जात्रा

भादगाऊँ, २९ चैत । नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसीँख्यःमा ५५ हात लामो यसीँद्योः (लिङ्गो) उठाउनु हो । भैरवनाथको रथ तान्ने प्रचलन शुरु हुनुभन्दा अघि भद्रकालीको मात्र रथ तान्ने परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन् । सुरुमा यो […]

Continue Reading

जिल्लामा एक पालिकामा महिलालाई अनिवार्य उम्मेदवार बनाउन माओवादीको परिपत्र

नेकपा (माओवादी केन्द्र)ले प्रत्येक जिल्लामा कम्तीमा पनि एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन कडाइका साथ परिपत्र गरेको छ । कूल ७५३ स्थानीय पालिकामा त्यसरी महिलालाई नेतृत्व दिँदा ७७ वटा पालिकाको प्रमुखमा महिलाको नेतृत्व हुने माओवादीको बुझाइ छ । यस्तै, पालिकाको एउटा वडामा पनि महिलालाई नै उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । जनसङ्ख्यामा पनि महिलाको […]

Continue Reading

संविधानले निर्देश गरेअनुसार ऐन बनाउनुपर्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले निर्देश गरेअनुसार ऐन बनाउन सबै दल, कर्मचारी र विज्ञ लाग्नुपर्ने बताउनुभएको छ । आवश्यकपर्ने नीतिको अभावमा परिवर्तनको प्रतिफल नपाउने अवस्था हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सहरी विकास मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐनर युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्बन्धि परामर्श गोष्ठीमा […]

Continue Reading

वैशाखमा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्नेः मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँदो वैशाखसम्ममा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने बताउनुभएको छ । मेलम्ची नदीको पानी आज पुनः पथान्तरण गरी उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री चौधरीले १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभएको थियो । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी […]

Continue Reading

स्थानीय तह निर्वाचनका लागि ३४ प्रकारका सामग्री प्राप्त

आगामी वैशाख ३० शुक्रबार हुने स्थानीय तह निर्वाचनका सिलसिलामा हालसम्म २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ भइसकेको छ । निर्वाचन आयोगद्वारा आज आयोजित नियमित पत्रकार भेटमा मुलुकका ७५३ निर्वाचन अधिकृतले पाउने गरी एक–एकप्रति मतदाता नामावली पठाउने कार्य भइसकेको समेत जानकारी दिइयो । निर्वाचन आयोगले केन्द्रबाट खरिद गर्नुपर्ने ३८ प्रकारका निर्वाचन सामग्रीमध्ये ३४ […]

Continue Reading

प्रहरी र सशस्त्रले सीमित स्रोत साधनबीच प्रशंसनीय काम गरे : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०७७/७८ मा बेरुजु फछ्र्याेट कार्यमा सर्वोकृष्ट/उत्कृष्ट हुने कर्मचारी र अवकाश लिन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खलाललाई सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम […]

Continue Reading

एफएनजे मिडिया कप फुटसलको सेमिफाइनल समीकरण पूरा

पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित प्रथम मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । ललितपुरको नेशनल स्पोट्र्स सेन्टरमा आयोजित प्रतियोगिताको अन्तिम चारमा प्रवेश पाउने टोलीमा न्यूज २४ टेलिभिजन, टिम शिलापत्र, पत्रकार महासङ्घ कास्की शाखा र पत्रकार महासङ्घ ललितपुर शाखा छन् । पहिलो क्वार्टरफाइनलमा न्यूज २४ ले नेपाल खेलकूद पत्रकार मञ्चलाई ५–३ […]

Continue Reading

मेलम्चीको पानी भोलिदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने

मेलम्चीको पानी भोलिदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले भोलिदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिनुभयो । केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले […]

Continue Reading

हाम्रो विद्यालय म बनाउँछु अभियान सुरु गर्दैछौँ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान सुरू गरिने बताउनुभएको छ । दक्षिणकाली नगरपालिकास्थित सेतीदेवि माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा मन्त्री पौडेलले आगामी वर्षदेखि यो अभियान सुरू गरिने बताउनुभयो । उहाँले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानध्यापक र शिक्षकको मुख्य भूमिका हुने पनि उल्लेख गर्नुभयो । “हाम्रो परिवारको कुनै सदस्य बिरामी […]

Continue Reading

सञ्चारमाध्यामका लागि आचारसंहितामा के छ व्यवस्था ?

स्थानीय तह निर्वाचन आचारसंहिता लागूभएसँगै सञ्चारमाध्यमले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन आयोगले जनाएको छ । शुक्रबारदेखि आयोगले निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । आचारसंहिता लागू भएसँगै सञ्चार माध्यम, सम्बद्ध कर्मचारी तथा पत्रकारहरुले ११ बुँदे आचारसंहिता पालना गर्नुपर्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह […]

Continue Reading