‘यसरी सरकारी विद्यालयप्रति अपनत्व बढ्छ ’

तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैत्रिक सत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेको अध्यक्ष शुक्र चुमानले बताउनुभयो । गाउँपालिकामा ३२ जनप्रतिनिधि छन् । आँबुखैरेनी […]

Continue Reading

ठेक्का म्याद सकिनै लाग्दासमेत निर्माण सुरु भएन

सरसर्ती निर्माण भएको भए बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल अहिलेसम्म निर्माण भइसक्थ्यो । आगामी २०७९ चैत मसान्तभित्र अस्पताल भवन निर्माण सक्नुपर्ने ठेकेदार कम्पनी र ताराखोला गाउँपालिका बीचको सम्झौता भएपनि अस्पतालको काम अझै सुरु भएको छैन । जिल्लाका अन्य पालिकाका आधारभूत अस्पताल धमाधम निर्माण भइरहेको सन्र्दभमा यहाँ भने जग्गा स्थानान्तरण विवाद र ठेकेदार कम्पनीबीचको असमझदारीका […]

Continue Reading

किरात याक्थुङ चुम्लुङको बैठक चितवनमा

किरात याक्थुङ चुम्लुङको २४ आँै राष्ट्रिय चुम्लुङ बैठक आइतबारदेखि भरतपुरमा सुरु भएको छ । बैठकको शुभारम्भ गर्दै प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले धर्म संस्कृतिको जगेर्ना गर्नु पहिलो कर्तव्य भएको बताउनुभयो । उहाँले लिम्बू समुदायको भाषा, संस्कृति संरक्षणमा पहिला आफ्नै समुदाय एक भएर लाग्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीय गणतान्त्रिक संविधानले मात्रै […]

Continue Reading

इन्टरपोलको सम्मेलनमा सहभागी भएर प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी भई आज स्वदेश फिर्ता हुनुभएको छ । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा यही २४ गतेदेखि सुरु भएको इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा नेपालका तर्फबाट प्रहरी महानिरीक्षक सिंहको नेतृत्वको टोली सहभागी भएको थियो । उहाँले उक्त सम्मेलनमा एसियाली राष्ट्रका प्रहरी सङ्गठन मजबुत बनाउने र इन्टरपोललाई थप सक्रिय […]

Continue Reading

कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

कोइलाको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ । उद्योगमा पर्याप्त कोइला भण्डारण गरेपछि आगामी फागुन ५ गते भित्र सिमेन्ट उत्पादन गर्ने तयारी गरिएको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक […]

Continue Reading

सौराहामा फुड फेस्टिबल सुरु

प्रेम दिवसको अवसरमा सौराहामा आजदेखि फुड फेस्टिबल सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) सौराहाले आयोजना गरेको फेस्टिबलको बागमती प्रदेशका सदस्य पूर्वमन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले पछिल्लो समय कोभिडका कारण थलापरेको पर्यटन व्यवसाय उकास्न यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । प्रदेश सरकारले यहाँको पर्यटन व्यवसाय प्रवर्द्धनका लागि काम गरेको […]

Continue Reading

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै

नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक यही फेब्रुअरी १७ र १८ (फागुन ५ र ६ गते) बस्ने तय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँं बैठक भारतमा बस्ने तय भएको हो । फेब्रुअरी १७ मा दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदल […]

Continue Reading

झापामा दश मेगावाटको सौर्य ऊर्जा परियोजनाको निर्माण तीव्र

झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा इनर्जीको नामले परिचित छ । शिवसताक्षी नगरपालिका–४ सालमारामा रु ८० करोडको लगानीमा परियोजनाको निर्माण सुरु भएको हो । एककाइस बिघा जमिनमा फैलिने परियोजनाको आगामी विसं २०८० असार मसान्तमा निर्माण सम्पन्न गरिने गरी काम भइरहेको झापा […]

Continue Reading

बोक्सीको आरोप लाउनेलाई कैद सजाय

ओखलढुङ्गा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जनाविरुद्ध कैद सजायको फैसला भएको हो । बोक्सीको आरोप लगाई वृद्धालाई आगोले पोल्ने ५० वर्षीय दीपक विश्वकर्मा र २७ वर्षीया मुना विश्वकर्माविरुद्ध अदालतले कैद र जरिवानाको […]

Continue Reading

चोरी र आगजनीका घटना बढेको भन्दै व्यवसायीद्वारा सुरक्षा माग

दमकको नमूना बजारको नामले चिनिने व्यापारिक क्षेत्रमा चोरी, आगजनीजस्ता घटना बढेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन व्यवसायीले माग गरेका छन् । दमक उद्योग वाणिज्य सङ्घकी कार्यसमिति सदस्यसमेत रहेकी व्यवसायी नेत्री कविता अधिकारीको नेतृत्वमा सो क्षेत्रका व्यवसायीको एक समूहले नगर प्रमुख रामकुमार थापालाई भेटेर तत्काल सुरक्षाको प्रत्याभूति दिलाउन ध्यानाकर्षण गराएको हो । आइतबार राति त्यहाँस्थित बेन्जु राईले […]

Continue Reading