पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमााणपत्र प्रस्तुत

काठमाडौँ, १८ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि पाँच देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि स्वीटजरल्याण्ड र युरोपेली सङ्घका आवासीय तथा स्वीडेन अधिराज्य, हङ्गेरी र चेक गणतन्त्रका गैरआवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । नेपालका लागि स्वीटरल्याण्ड र युरोपेली सङ्घका […]

Continue Reading

भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ, १० भदौ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको हो । भैरहवाबाट हरेक मङ्गलबार हप्ताको एक उडानबाट सुरु […]

Continue Reading

मन्त्री जोशीको निर्देशनपछि अस्पतालहरूको पार्किङ शुल्क हट्यो

चितवन, १० भदौ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको निर्देशनपछि जिल्लाका अस्पतालहरूले पार्किङ शुल्क हटाएका छन् । चितवन मेडिकल कलेजबाहेक सबै अस्पतालमा पार्किङ निःशुल्क गरिएको हो । मेडिकल कलेजले केही दिनभित्रै पार्किङ निःशुल्क गर्ने जनाएको छ । भरतपुर अस्पतालले आजदेखि पार्किङ शुल्क हटाएको छ । यसअघि नै अन्य अस्पतालहरूले पार्किङ शुल्क हटाएका थिए । केही […]

Continue Reading

इञ्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि फिर्ता लिन नेविसङ्घको माग

काठमाडौँ, १० भदौ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले इञ्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज इञ्जिनियरिङ अध्ययन संस्थानले एक सय ४४ प्रतिशतसम्म शुल्क वृद्धि गर्दा नेपाली विद्यार्थी मारमा परेको भन्दै शुल्क वृद्धि फिर्ता लिन माग गर्दै बालुवाटारमा प्रदर्शन गरेको हो […]

Continue Reading

हवाई सुरक्षा सुरक्षित र भरपर्दो बनाइनुपर्नेमा विज्ञहरूको जोड

काठमाडौँ, ४ भदौ ः मुलुकको हवाई उडानलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले १०औँ संस्करणको ‘एभिएसन सेफ्टी क्याम्पेन’ सुरु भएको छ । वायु सेवा सञ्चालक सङ्घ नेपालले आयोजना गरेको चारदिने क्याम्पेनमा सुरक्षा प्रणाली सुधारका लागि सैद्धान्तिक र व्यावहारिक ज्ञान आदानप्रदान गरिने छ । कार्यक्रमको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव […]

Continue Reading

सूचना लिने मात्रै होइन दिने संस्कारको विकास गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, ३ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक भएको बताउनुभएको छ । आज १७औँ राष्ट्रिय सूचना दिवसका आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहारलगायतका विषयमा सूचना दिन उत्प्रेरित गर्न कानुनी व्यवस्था गर्न जरूरी भएको बताउनुभयो । “विश्वमा भ्रष्टाचार […]

Continue Reading

‘सुशासनका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन अनिवार्य’

काठमाडौँ, ३ भदौ : सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्र सुशासनको प्रत्याभूति गर्न सकिने सरोकारवालाले बताउनुभएको छ । आज १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा उपस्थिति आयोगका पदाधिकारी, सूचनाको हकका अभियन्ता र सञ्चारकर्मीले सूचनाको हक कार्यान्वयनबाटै सरकारलाई पारदर्शी एवं जवाफदेही बनाउन सकिने धारणा राख्नुभयो । उहाँहरुले सूचना आयोगलाई अझ सशक्त र बलियो […]

Continue Reading

विपन्नलाई दिन ल्याइएको सोलार प्यानल नगर प्रमुखका भाइले आफन्तलाई बाँडेपछि…

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको छ । नगर प्रमुख विमला राईले यही साउन ३ गते नगरपालिकाबाट आफ्नै गाडीमा हालेर वडा कार्यालय पु¥याउनुभएको २२ थान सोलार प्यानल सोही दिन उहाँका कान्छा भाइ रोजचन्द्रले […]

Continue Reading

श्रमसम्बन्धी फैसला संग्रह सार्वजनिक

श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह २०८०’ नामक पुस्तक सार्वजनिक गरिएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उक्त पुस्तक सार्वजनिक गर्दै श्रमसँगसम्बन्धी फैसला प्रकाशनका रूपमा आउनु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले  श्रमसँग सम्बन्धित नजिरलाई समेटेर पुस्तक प्रकाशन भएकाले न्यायालय र न्यायसँग सम्बन्धित व्यक्तिलाई यो पुस्तकले मार्गदर्शन प्रदान गर्नेमा विश्वास व्यक्त गर्नुभयो । […]

Continue Reading

बागमती प्रदेशसभा : विनियोजित बजेटमाथि छलफल प्रारम्भ

बागमती प्रदेशसभामा विनियोजित बजेटमाथि छलफल प्रारम्भ भएको छ । आज अपराह्न बसेको बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथिको छलफल शुरु भएको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेटमाथिको छलफलको क्रममा प्रदेशसभाका सदस्यहरूले उठाउनुभएको जिज्ञासाप्रति उत्तर दिँदै सरकारले आगामी आव २०८०/८१ का लागि ल्याएको बजेट सन्तुलित र समानुपातिक एवं व्यावहारिक भएको दाबी गर्नुभयो । […]

Continue Reading