पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त गर्नुभएको छ भने एमालेका उपप्रमुख पदका उम्मेदवार दनुवारले नौ हजार ५३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रमुख पदका निकटतम […]

Continue Reading

भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुग्नुभएको छ । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुग्नुभएको हो । अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ । महानगरमा एक लाख २७ हजार ८३९ मत […]

Continue Reading

रम्भामा एमाले निर्वाचित

पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँ पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाउनुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत […]

Continue Reading

कमलको अध्यक्षमा कांग्रेस ,उपाध्यक्षमा एमाले

झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा ९एमाले० का उम्मेदवार भीम राईले नौ हजार ६५३ मत प्राप्त गर्नुभयो । नव निर्वाचित अध्यक्ष हुकुमसिंह विसं २०७४ को स्थानीय तह निर्वाचनमा निवर्तमान पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथाबाट पराजित हुनुभएको थियो । कमलस्थित […]

Continue Reading

सुन्दरहरैचामा एमाले विजयी

मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा ९एमाले०का उम्मेदवार केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गर्नुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी […]

Continue Reading

व्यासमा कांग्रेस विजयी

तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गर्नुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत सो नगरपालिकाको […]

Continue Reading

शिवसताक्षीमा एमाले निर्वाचित

शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित हुनुभएको हो । उपमेयरमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महेन्द्र […]

Continue Reading

सबै जाति, वर्गको प्रतिनिधित्व गर्दै एमालेको तर्फबाट हरिराज कँडेलको उम्मेदवारी

तनहुँ जिल्ला ऋषिङ गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेबाट हरिराज कंडेलले उम्मेदवार दर्ता गराएका छन् । नेकपा एमाले तनहुँ जिल्लाका उपाध्यक्ष समेत रहेका कंडेलले उम्मेदवारी दर्ता गराएका हुन । लामो समय देखितनहुँ जिल्लामा सकृय राजनीति गदै आएका छन्न उनि तनहुँका साधारण जिवनशैली, सरल व्यक्तित्व, दैनिकी जिवन शैली हो सालिन, सरल राजनितिक व्यक्तित्वको रुपमा जिल्लामा स्थापित गराएका […]

Continue Reading

जसपाबाट विदुर नगरपालिको मेयरमा रमेश सुनार र उपमेयरमा लिलुमाया तामाङको उम्मेदवारी

नुवाकोट । जनता समाजवादी दलको तर्फबाट नुवाकोटको विदुर नगरपालिकाको मेयरमा रमेश सुनार र उपमेयरमा लिलु तामाङले उम्मेदवारी दर्ता गराएका छन् । सुनार र तामाङको डा. भिमलाल तामाङको प्रस्तापक र निराजन सुनारको समर्थनमा मनोनयन दर्ता गराएका हुन् । सुनार जसपाका खेलकुद विभाग सचिव हुन् भने तामाङ जसपाको नुवाकोट जिल्ला सदस्य पदमा कार्यरत छन् ।

Continue Reading

बिनय जंग बस्नेतद्वारा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता

ललितपुर । समाजसेवी बिनय जंग बस्नेतले महालक्ष्मी नगरपालिका वार्ड नं ७ को वडाअध्यक्ष पदको लागि मनोनय दर्ता गराएका छन् । बस्नेतले कुनै दलबाट नभई सो पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि बस्नेतले आफू कुनै पार्टीको नभएको र कुनै पार्टीको कार्यकर्ता पनि नभएको उल्लेख गर्दै देश बनाउने अभियान आफ्नै ठाउँबाट […]

Continue Reading