शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति

भण्डारण गरेको बीउ आलु बिग्रिएपनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । स्याङ्जाको भीरकोट नगरपालिका– ५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ । पकानका किसानले सामूहिक वा व्यक्तिगतरुपमा उत्पादन गरेको बीउ आलुको सुरक्षित भण्डारणका लागि वालिङ– ११ अमलेस्थित ढुङ्गाना कृषि फर्मद्वारा सञ्चालित शीत भण्डारमा राखेको पकानका अगुवा […]

Continue Reading

प्रधानमन्त्री कृषि परियोजनामा जनशक्ति अभाव

बागलुङ, १ साउन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निमित्तका भरमा चलेको छ । यहाँस्थित परियोजना कार्यान्वयन एकाइ नौ महिनादेखि वरिष्ठ कृषि अधिकृतविहीन छ । एकाइ प्रमुखमा उपसचित तहको दरबन्दी रहे पनि अहिले कृषि अधिकृत सुजित पौडेलले नै उक्त जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । तल्ला पदमा पनि दरबन्दी रिक्त छ । जनशक्ति अभावले परियोजना सञ्चालनमा चुनौती […]

Continue Reading

चालु आवको अन्तिम शेयर कारोबार : नेप्से परिसूचक उकालो यात्रामा

धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७.९३ अङ्कले उकालो लागेर दुई हजार ९.४६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३८५.९१ मा पुगेको छ । नेप्सेका अनुसार २३१ कम्पनीका ४० लाख ५१ हजार […]

Continue Reading

गोरखाका पहिरो प्रभावितलाई राहत र बासस्थानको व्यवस्था गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसद हरिराज अधिकारीले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा बुधबार पहिराले धेरै घर बगाएको र जनजीवनसमेत प्रभावित बनाएकोे भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा समय मागेर बोल्दै सांसद अधिकारीले त्यहाँका पहिरो प्रभावितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गर्नुभयो । बैठकमा समय मागेर बोल्दै सांसद समिना हुसेनले अन्यायका विरुद्धमा बोल्दा विद्यार्थीहरू […]

Continue Reading

असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप

तरलताको अभाव रहेको भनिएका बैंक तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ । गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैंककोे निक्षेप सङ्कलन रु ९४ अर्बले बढेको पाइएको छ । नेपाल बैंकर्स सङ्घका अनुसार गत जेठ महिनामा वाणिज्य बैंककोे कूल […]

Continue Reading

स्वावलम्बी अर्थतन्त्र स्थापित गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले चुलिँदो व्यापार घाटा नियन्त्रण गर्न आयात प्रतिस्थापन गरी स्वावलम्बी अर्थतन्त्रको निर्माण नगरेसम्म नेपालको संविधानले परिलक्षित गरेको समाजवादोन्मुख अर्थतन्त्र स्थापित हुन नसक्ने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार, २०७७/७८ वितरण गर्न आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यसका लागि मुलुकमा उपलब्ध साधन र स्रोतको सदुपयोगद्वारा […]

Continue Reading

सडक ढलान लम्बिँदा कष्टकर यात्रा गर्दै चापागाउँवासी

ललितपुर, २६ असार । ललितपुरको गोदावरी–१० की सुष्मा थापालाई दैनिकरुपमा छोरालाई विद्यालय जाने बससम्म लैजान र पु¥याउन तीन किलोमिटरसम्मको कष्टकर यात्रा पार गर्नुपर्छ । पहिले पहिले घरसम्म नै विद्यालयको बस आउने गरेकामा प्याङगाउँ–चापागाउँ सडक ढलान भइरहँदा हाल चापागाउँ प्रहरी चौकीसम्म मात्रै बस सञ्चालन हुन्छ । एकातिर सानो छोरा एक्लै हिँड्न नसक्ने र अर्कातिर गह्रौँ झोलाका […]

Continue Reading

पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो

कास्की, २० असार। बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । संघीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको सो आयोजनाका ठूलो मानिन्छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को रु पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो । पोखरेलीले सिधै धाराबाट धापेर पिउन मिल्ने गरी पानी सफा […]

Continue Reading

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार २०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मल््य अघिल्लो दिन प्रतितोला […]

Continue Reading

बर्डफ्लु पुष्टि भएपछि एक हजार पक्षी नष्ट

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो । सो फर्ममा १०० भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको पशुपक्षी विकास निर्देशनालयका प्रमुख प्रचण्ड खड्काले जानकारी […]

Continue Reading