नेपालमा कागती खेती र खानुका १० फाइदा

आर्थिक समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

पाँचथर  । नेपाल हावापानी र धरातलिय हिसावले कागती खेतीका लागि उपयुक्त छ ।

उन्मोचित जातहरु

सुन कागती–१

यो जात मोरङ जिल्लाका कृषकको बगैंचाबाट संकलन एवं जातीय छनौट गरी व्यवसायिक खेतीको लागि हालै मात्र उन्मोचन गरिएको विकसित जात हो । ह यो जात तराई, भित्रि मधेस, मध्य–पहाडी क्षेत्रको बेशी÷खोंच र तटिय क्षेत्रका पानी नजम्ने स्थानमा खेती गर्दा आषाढदेखि भाद्रसम्म मौसमी फलहरुको उत्पादन लिन सकिन्छ भने केही मात्रामा वर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ । ह मध्य–पहाडी भागमा यसको खेती गर्दा भाद्रदेखि कार्तिकसम्म मौसमी फलहरुको उत्पादन लिन सकिन्छ भने केही मात्रमा वर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ । ह फलहरु गोला, पाक्दा सुनौला रंगका, चिल्ला, पातला बोक्रा भएका, रसिला र बास्नादार हुन्छन् ।
एउटा फलको सरदर तौल ४५ देखि ५५ ग्रामसम्म हुन्छ । फलमा रस ४९ प्रतिशतसम्म हुन्छ । रसको अमिलोपन ७ देखि १० प्रतिशतसम्म हन्छ । यसका कलमी बिरुवाहरुले रोपेको ३ देखि ४ वर्ष पछि व्यवसायिक उत्पादन दिन थाल्दछन् । ह यस जातको प्रति हेक्टर अधिकतम उत्पादकत्व ३४।५ मेट्रिक टनसम्म छ ।

 

सुन कागती–२

यो जात स्याङजा जिल्लाका कृषकको बगैंचाबाट संकलन एवं जातिय छनौट गरी व्यवसायिक खेतीको लागि हालै मात्र उन्मोचन गरिएको विकसित जात हो । ह यो जात पनि तराई, भित्रि मधेस, मध्य–पहाडको बेंशी÷खोच र तटिय क्षेत्रका पानी नजम्ने स्थानमा खेती गर्दा आषाढदे खि भाद्रसम्म मौसमी फलहरुको उत्पादन लिन सकिन्छ भने केही मात्रमा वर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ ।  मध्य पहाडी भागमा यसको खेती गर्दा भाद्रदेखि कार्तिकसम्म उत्पादन लिन सकिन्छ भने केही मात्रामा वर्षै भरी बेमौसमी फलहरुको उत्पादन लिन सकिन्छ । ह फलहरु गोला, पाक्दा सुनौला रंगका, चिल्ला, पातला बोक्रा भएका, रसिला र बास्नादार हुन्छन् ।

 

भिटामिन सी पर्याप्त मात्रामा पाइने कागतीलाई आन्तरिक एवं बाह्य स्वास्थ्यको रक्षाका लागि प्रयोग गर्न स

कागतीमा ‘सिट्रोन’ नामक पदार्थका साथै क्यारोटिन र साइटिन अम्ल पाइन्छ, जसमा विविध रोग निर्मूल गर्ने शक्ति हुन्छ। कागती खानुका केही फाइदा हामीले यहाँ प्रस्तुत गरेका छौं-

 

१. कागती रसले खाना रुच्ने, कब्जियतनाशक, शीतलता प्रदान गर्ने एवं साैन्दर्यवर्धक फल हाे। यसको प्रयोगबाट झाडापखाला, चर्मरोग, अमलपित्त, पेटको रोग, बाथ, दाद, ज्वरो र रूघा आदि रोगबाट मुक्ति पाउन सकिन्छ।

२. कागतीको रसलाई मुलाको रससँग नुन मिसाएर सेवन गर्नाले शारीरिक बनावटमा सुन्दरता प्राप्त गर्न सकिन्छ। प्रशस्त मात्रामा यस्तो कागती पानी पिउनाले अनुहारमा डण्डीफोर हटाउन मद्दत पुग्छ ।

३. पेट पोल्ने रोगका लागि मरिच र नुनको साथमा कागतीको रस खानाले फाइदा पुग्छ। पेटमा ग्यास भरिएको अनुभव भएमा एक ग्लास पानीमा विरेनुन वा सिँधेनुन र जिराको धुलो राखेर पिउनाले आराम हुन्छ।

४. कागती पानीको नियमित सेवनले रक्तसञ्चारमा सहयोग पुर्याउनुका साथै रगत सफा र शुद्ध पार्छ र हृदयशक्ति बढाउँछ।

५. कागतीको रसमा जिराको धुलो राखेर पिउनाले लामाे यात्रामा बान्ता हुने समस्या आउँदैन । लामो यात्रामा बान्ता होला जस्तो भएमा कागती सुँघ्नाले पनि फाइदा पुग्छ।

६. खाली पेटमा बिहानै कागतीको रस राखेर नियमित पिउनाले पुरानो कब्जियत समेत हट्छ। साथै यसले मोटाेपन घटाउन समेत मद्दत गर्छ।

७. गर्मीयाममा अरूचि भएमा खानामा कागतीको रस राखेर खाँदा रूचि बद्छ। कागतीको रसमा सख्खर राखेर खानाले बाडुली रोकिन्छ।

८. अदुवाको धुलोमा कागतीको रस मिसाएर लेप लगाउनाले दाद र छाला चिलाउने रोग नाश हुन्छ। कागतीले शरीरमा भएका दूषित पदार्थ बाहिर निकाली आन्तरिक शक्तिमा वृद्धि गराउँछ।

९. कागतीको बियाँलाई पिसेर पानीसँग मिसाएर खाँदा पेटमा पर्ने जुका र चुर्ना नाश हुन्छन्।

१०. कागतीको रसमा चिनी राखेर पिउनाले पित्तरोगलाई फाइदा पुग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *