नेकोस सेल्फ डिफेन्स कोच सेमिनार सम्पन्न

अन्तर्राष्ट्रिय खेलकुद विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ । नेपाल स्पोर्ट सेन्टर (नेकोस) को आयोजनामा दुई दिने ‘नेकोस सेल्फ डिफेन्स कोच सेमिनार २०८२’ सम्पन्न भएको छ।

नेकोसका अध्यक्ष अनिल कुमार रिजालको अध्यक्षतामा काठमाडौको बुद्धनगरस्थित आरम्भ रेस्टुरेन्टमा संचालित उक्त सेमिनार शनिबार र आइतबार दुई दिनसम्म चलेको थियो।

​सेमिनारको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपाका  नेता राजेन्द्रप्रसाद पाण्डेले आत्मरक्षा तालिमको अपरिहार्यतामा जोड दिनुभएको थियोे ।

​”सेल्फ डिफेन्सले मानिसलाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि आत्मविश्वास बढाउँछ। दुर्व्यवहारबाट सहज रूपमा जोगिन यसले मद्दत गर्ने भएकाले यो तालिम हरेक नागरिकका लागि उत्तिकै जरुरी छ,” नेता पाण्डेले बताउनुभयो।

​३० जना प्रशिक्षक प्रशिक्षित
सेमिनारमा ​देशभरबाट सहभागी भएका ३० जना कोचहरूलाई दुई दिने सघन प्रशिक्षणपछि कोचिङ लाइसेन्स र प्रमाणपत्र प्रदान गरिएको छ। प्रशिक्षकहरूले अब देशभरि नै आत्मरक्षाको सीप सिकाउन वैधानिकता प्राप्त गरेका छन्।

​इन्टरनेसनल सेल्फ डिफेन्स ग्राण्ड मास्टर एवं मुख्य प्रशिक्षक राधिका हमालले विशेष गरी महिला र बालिकाहरूका लागि यो सीप बरदान सावित हुने उल्लेख गर्नुभएको थियो ।

​सेल्फ डिफेन्सले हिंसा र दुर्व्यवहार विरुद्ध लड्ने क्षमता प्रदान गर्ने र ​यसले महिलाहरूलाई आत्मबल प्रदान गरी समाजमा निर्धक्कसँग अघि बढ्न सघाउँने हमालको भनाइ थियो ।

​सेमिनारमा मुख्य प्रशिक्षक हमालसँगै प्रशिक्षक ज्ञानेन्द्र तिमल्सेनाले सहभागीहरूलाई विभिन्न प्राविधिक र व्यवहारिक सीपहरूबारे प्रशिक्षण दिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *