काठमाडौं । वार्षिक परीक्षा पछि फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले विगत १६ वर्षदेखि निरन्तररुपमा आयोजना हुदै आएको ‘ जुनियर स्कूल प्रिन्सेज २०२६’ ११ औं सस्करण प्रतियोगिताको आज भएको पहिलो अडिसनमा २० जना प्रतियोगी छात्राहरुलाई छनौट गरीएको छ ।
प्रतियोगीताको अडिसनमा निर्णायक मण्डलमा एसइई प्रिन्सेसका विजेताहरु प्राश्ना श्रेष्ठ,प्राप्ती श्रेष्ठ र शुभ केसी रहनु भएको थियो । साथै अन्तिम अडिसन चैत्र २५ गते गरिने आयोजक सँस्था सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले जानकारी गराएका छन् ।
उनीहरुलाई तीन सातासम्म बाल उपायोगी प्रशिक्षण विभिन्न विज्ञहरुबाट गराईने छ । प्रतियोगीहरुलाई चन्द्रागिरी हिल्स,भक्तपुर दरवारक्षेत्र, छाउनी सँग्रहालय, गोदावरी बनस्पति उद्यान, जाउलाखेल चिडियाखाना, अपाङ्ग बाल आश्रम, नारायणहिटि दरवार संग्राहालय, छाउनी संग्राहालय , वृद्धा आश्रम साथै नेपाली फिल्म देखाउने लगायतको विभिन्न स्थानको भ्रमण गराईने छ ।
आन्तरीक रुपमा विभिन्न खेलकुदका प्रतियोगीताहरु साथै विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु गरिने छ । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् । जुनियर स्कूल प्रिन्सेस–२०२६ को चयन भने २०८३ साल बैसाख ११ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ ।