यस्ताे छ आजकाे माैसम

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौ  । मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुनी वायूको प्रभाव तथा पूर्वी भू-भागमा बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आशिंक बदली रहेको छ भने कोशी प्रदेशका, मधेश प्रदेशका थोरै स्थानरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले भोलि दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जनाएको छ भने कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको  जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टा मधेश प्रदेश लगायत कोशी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ भने पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *