अमेरिकाबाट ७५ नेपाली निष्कासन, १४ लाख बढी आप्रवासीलाई देश निकाला गर्ने तयारी

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । अमेरिकाले अवैध बसोबास तथा कानुन उल्लंघन गरेका ७५ नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ । बिहीबार चार्टर्ड विमानमार्फत उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

 

डिपोर्ट हुनेमा ३ महिला र ७२ पुरुष छन् । अधिकांश तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए । भिजिट भिसामा बस्ने २ जना र पीआर कार्ड नवीकरण नभएका एक व्यक्ति पनि डिपोर्टमा परेका छन् । केहीले ७ महिना देखि २ वर्षसम्म जेल सजाय भोगेको बताइएको छ ।

 

राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएयता ३० महिलासहित ४ सय ३९ नेपाली डिपोर्ट भइसकेका छन् । पछिल्लो ७ वर्षमा कुल ६ सय ६६ नेपाली अमेरिकाबाट फर्काइएका छन् । अमेरिकी प्रशासनले १ हजार ३ सय ६५ नेपालीसहित १४ लाखभन्दा बढी आप्रवासीलाई देश निकाला गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *