काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष चार नेतासँग छलफल गर्ने भएका छन् ।
शनिबार बिहान ९ बजे उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाइएको हो ।
बैठकमा महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समितिलगायतका विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसले पुस २६–२८ मा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि यसलाई व्यवहारिक नभएको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।
हालसम्म विधान मस्यौदा समिति गठन हुन सकेको छैन ।