काठमाडौं । प्रहरीले होस्टलमा ‘स्वीप अपरेसन’ गर्दा हत्कडी, प्रहरीको लौरोलगायत सामग्री बरामद गरेको छ । आइतबार दिउँसो काठमाडौं महानगरपालिका-३२ सुविधानगरस्थित सम्पदा ब्वाइज होस्टलको बी ब्लक र प्रयागमार्गस्थित ए ब्लकमा प्रहरीले छापा मारेको थियो ।
ए ब्लकबाट हत्कडीसहितका सामान बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । होस्टलबाट दुई थान हत्कडी, सशस्त्र प्रहरी बल (एपीएफ) को बडी प्रोटेक्टर, हार्डडिस्क र प्रहरीको लौरो बरामद गरिएको छ ।
प्रहरीको सरसामान भेटिएपछि होस्टल वार्डेन २४ वर्षीय गोविन्दकुमार ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।