काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेन-जी आन्दोलनको म्याण्डेड अनुसार निर्माण भएकाले उनीहरूका विषयलाई सरकारले सदैव प्राथमिकतामा राख्ने बताएकी छन् ।
उनले जेन-जी आन्दोलनका शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुने स्पष्ट पारिन् ।
शुक्रबार सिंहदरबारमा जेन-जी आन्दोलनका शहीद परिवारसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले यसअघि जेन-जी आन्दोलनका शहीद परिवारसँग भएको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेकाले कुनै आशङ्का नगर्न आग्रह समेत गरिन् ।