शुक्रबार काठमाडौंमा आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले विशेष महाधिवेशन भनेर पार्टीको विधानलाई लत्याएर सडकबाट बहुमत पुर्याउने कुराले मुलुकमा डेमोक्रेसीलाई, सिंगो समाजलाई नै अराजकतातर्फ डोहोर्याउने प्रपञ्च रचिएको जिकिर समेत गरे ।
उनले कांग्रेस विभाजन मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको भन्दै यस्तो अवस्था आएकोमा आफू चकित भएको समेत बताए । अध्यक्ष ओलीले शान्ति, सुशासन र मुलुकको डेमोक्रेसीका लागि सानातिना असन्तुष्टिलाई थाती राखेर एकताबद्ध भएर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई समेत सचेत गराए ।
अध्यक्ष ओलीले शान्ति, संविधान र लोकतन्त्रको लागि आफूहरुले एकताबद्ध भएर लडनुपर्ने अवस्था आएको बताए