काठमाडाैं क्षेत्र नं १ एकता समाजको अन्तक्रिर्या कार्यक्रम सम्पन्न : वरिष्ठ समाजसेवी राधिका कार्कीलाई गरियो सम्मान

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ । काठमाडौँ क्षेत्र नं १ एकता समाजका अध्यक्ष चमन कोइरालाको अध्यक्षतामा २०८२,मंसिर १३ गते शनिबार कृशल पाटी भेन्यु काठमाडौमा अन्तक्रिर्या र सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुराउने,मठमन्दिरमा सहयोग ,असहायहरूलाइ निशुल्क लत्ताकपडाका साथै विभिन्न सामाजिक कार्यहरूमा योगदान गर्ने वरिष्ठ समाजसेवी राधिका कार्कीलाई सम्मान गरिएको पनि थियो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातान्त्रिक पाटीका नेता एवं पुर्व मन्त्री भुवन पाठक  ,अतिथिहरु क्रमशः पुर्व मन्त्री दीपेन्द्र श्रेष्ठ ,वरिष्ठ कलाकार मदन दास श्रेष्ठ ,प्रा.डा .सोयम प्रकाश् पन्डीत लगायत अन्य र काठमाडौ क्षेत्र नम्बर एक भित्रका २९,३१,१०,र ११ का  समाजसेवीहरूको  ठूलो मात्रामा सह्भागिता साथै कलाकारहरू,पत्रकारहरूको पनि उपस्थिति  रहेको थियो

समाजका अध्यक्ष कोइरालाको भनाइ अनुसार हाम्रो समाजले आफ्नो स्थापना कालदेखि आजको मितिसम्म  सामाजिक सहकार्य, आपतकालीन सहयोग, युवालाई परिचालन, तथा भातृत्व सम्बन्ध बलियो बनाउने कार्यसूची सार्वजनिक गरेको छ। काठमाडौँ क्षेत्र नं १ भित्र बसोबास गर्ने विभिन्न पेशा–व्यवसायमा संलग्न सदस्यहरूको सक्रियतामा आधारित यो समाजले विगतदेखि नै रक्तदान, शैक्षिक सहयोग, रोगी सहायता र सामुदायिक आयोजनाहरू गर्दै आएको छ।

चमन कोईरालाले काठमाडौ जिल्लाको क्षेत्र एक भित्रका समाजिक सस्थाहरू विच हातेमालो गर्ने  र नागरिक समाज विच समन्वय, पारदर्शिता, र सामाजिक सेवालाई प्रमुख प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *