कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट तिलक भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
४ दशकभन्दा लामो कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका भट्टले आफूलाई प्राप्त भएको सिफारिसलाई वर्तमान राजनीतिक आवश्यकता, जनजीविकासँग जोडिएका सवाल र जनचाहनासँग मेल खाने महत्वपूर्ण कदमका रूपमा लिएको प्रतिक्रिया दिनुभएको छ ।
उहाँले लामो समयदेखि पार्टी र आन्दोलनमा इमानदारिताका साथ योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो ।
भट्टले हाल देश शिक्षा, स्वास्थ्य, बेरोजगारी र सामाजिक असमानता जस्ता गम्भीर समस्याबाट गुज्रिरहेको उल्लेख गर्दै यस्ता चुनौतीपूर्ण परिस्थितिमा जनताको दुःख–पीडा बुझ्ने, परिवर्तनप्रति स्पष्ट दृष्टिकोण राख्ने र जनहितमा दृढतापूर्वक उभिन सक्ने नेतृत्वको आवश्यकता अझ बढेको बताउनुुभयो ।
कञ्चनपुर–१ का जनताको भरोसा, आशा र अपेक्षालाई केन्द्रमा राख्दै सामाजिक न्याय, समावेशी विकास र समृद्धिको दिशामा अघि बढ्ने प्रतिबद्धतासहित गरिएको यो सिफारिस आशा र भरोसाको प्रतीक बन्ने विश्वास पार्टीले व्यक्त गरेको छ।
यसै निर्वाचन क्षेत्रबाट पूर्व खानेपानी मन्त्री बिना मगर, लोकेन्द्र प्रसाद लम्साल, भक्त बहादुर अधिकारी, जीवनराज थापा, दीपक वि।सी। र मदनसेन बडायक पनि प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस हुनुभएको छ ।