भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिम घोषणा

आर्थिक विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिम


तयार भएको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ६० औं साधारणसभा पछि  स्वतः अध्यक्ष बन्दैछन् ।

सोमबार एक कार्यक्रम आयोजना गर्दै यस समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको हो ।

यस प्यानलमा वस्तुगत संघको तर्फबाट शिवप्रसाद घिमिरेले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

उपाध्यक्ष उम्मेदवार (वस्तुगत तर्फ):
शिवप्रसाद घिमिरे
वस्तुगत महासंघ तर्फका उम्मेदवारहरूः
कृष्णप्रसाद अवाले
विश्वनाथ खनाल
कार्यकारिणी सदस्य उम्मेदवारहरू (वस्तुगत संघ तर्फ):
१. अरनिको राजभण्डारी
२. होमप्रसाद घिमिरे
३. रविन पुरी
४. धर्मराज सापकोटा
५. राजकुमार कार्की
६. संघर्ष विष्ट
७. नानिराज घिमिरे
८. राजेश भक्त श्रेष्ठ
९. वसन्तचन्द्र मरहट्ठा
१०. धनप्रसाद लामिछाने
११. रघुनन्दन मारु
१२. एबबहादुर थापामगर
१३. सुनिता नेम्हाफुकी
१४. ध्रुवबहादुर गौतम

यसअघि उपाध्यक्ष हेमराज ढकालले आगामी निर्वाचनपछि वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्दै टिम घोषणा गरिसकेका छन् । ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छन् । हाल उनी एसोसिएट उपाध्यक्ष नै छिन् । त्यस्तै, ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया, कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *