प्रधानमन्त्री कार्की र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयो, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। […]

Continue Reading

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग औपचारिक माग गर्ने निर्णय गरेको छ। पार्टीको जारी केन्द्रीय समिति बैठकमा जेन जेड आन्दोलनसम्बन्धी घटनाको अध्ययनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठेपछि यस्तो निष्कर्ष निकालिएको हो। महामन्त्री प्रदीप पौडेलका अनुसार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्वभित्र पर्ने विषय […]

Continue Reading

पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता छ: प्रचण्ड

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको एकता महाधिवेशन छिट्टै गर्ने तयारीमा रहेको बताउनुभयो। जनवर्गीय संगठनका प्रमुखहरूसँग बिहीबार भएको छलफलमा उहाँले भन्नुभयो, “पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता छ। महाधिवेशनमा छिट्टै जान्छौं।” प्रचण्डले निर्वाचनबाट लोकतन्त्र, संघीयता र संविधान जोगिएको उल्लेख गर्दै आफ्नो दलले अपेक्षित परिणाम नल्याए पनि यो उपलब्धि ठूलो […]

Continue Reading

हामी पुराना हौँ, तर उस्तै खालका होइनौँ: वर्षमान पुन

काभ्रेपलान्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले निर्वाचनमा अपेक्षित परिणाम नआए पनि पार्टी पङ्क्तिलाई विचलित नहुन अपिल गरेका छन्। काभ्रेको अनेकोटमा २८औँ शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीद प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै उनले नेकपा ‘धुलो टकटकाएर’ अघि बढ्ने बताए। विचार, राजनीति, सङ्गठन, नेतृत्व, शैली र तौरतरिकाको […]

Continue Reading

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक संघर्ष र बलिदानीपूर्ण आन्दोलनहरूमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनुभएको छ । मधेशी आयोगको सातौ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ती आन्दोलनहरूमा अभिव्यक्त स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहितको राष्ट्रिय एकताको […]

Continue Reading

विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

काठमाडौँ । त्रिभुवन आर्मी क्लबका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा च्याम्पियन भएका छन् । लुम्बिनी मन्दिरको प्राङ्गणमा शनिवार भएको पुरुष म्याराथन (४२.१९५ किलोमिटर) मा विनोद र महिला हाफ म्याराथनमा पूर्णलक्ष्मी च्याम्पियन भएका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा भएको प्रतियोगितामा विनोदले दुई घण्टा १७ मिनेट ५५ सेकेन्ड समय […]

Continue Reading

जातीय विभेद मानव सभ्यताकै कलङ्क :लेखनाथ सिकारू

आज ६१औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय भेद उन्मूलन दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धी पारित गरेपछि सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखलाई यो दिवसका रूपमा मनाउन थालिएको हो। नेपालले भने उक्त महासन्धी सन् १९७१ मा मात्र अनुमोदन गरेको थियो। नेपालमा यो वर्ष […]

Continue Reading

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उनले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विसं २०५९ असोज १८ गते तत्कालीन […]

Continue Reading

आज ६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस: विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाण्डौ । आज ६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धी पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरे पनि नेपालले भने यो महासन्धीलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । दिवस भने सन् १९६६ देखि […]

Continue Reading

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को प्रथम सम्मेलन हुदै :श्रमिक एजेन्डाहरूको वृहत छलफल गरिदै

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को प्रथम सम्मेलन हुने भएको छ ।  सात वटा ट्रेड युनियन महासघको छाता सङ्गठन (जेटियुसिसी) को प्रथम राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाडौंको वागबजारमा रहेको होटल हार्दिकमा सुरु हुने (जेटियुसिसी) को अध्यक्ष विष्णु  लम्सालले जानकारी दिएका छन् । सम्मेलनलाई नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने […]

Continue Reading