कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

प्रमुख समाचार प्रशासन राजनीति विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ । नेपाली काँग्रेसले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग औपचारिक माग गर्ने निर्णय गरेको छ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा जेन जेड आन्दोलनसम्बन्धी घटनाको अध्ययनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठेपछि यस्तो निष्कर्ष निकालिएको हो।

महामन्त्री प्रदीप पौडेलका अनुसार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्वभित्र पर्ने विषय भएकाले त्यसका लागि पार्टीले औपचारिक रूपमा ध्यानाकर्षण गराउने छ।

भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि सरकारले आयोग गठन गरेको थियो। आयोगले करिब छ महिनाभन्दा बढी समय लगाएर प्रतिवेदन तयार गरी सरकारसमक्ष बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *