रूपन्देहीको उपचुनाव स्वतः रद्द

अन्तर्राष्ट्रिय प्रमुख समाचार प्रशासन राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

०७९ मा रूपन्देही-३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि रिक्त उक्त स्थानमा चुनावका लागि निर्वाचन आयोग लगायत दलहरुले अन्तिम तयारी गरिसकेका थिए ।

केही दलले उम्मेदवारसमेत घोषणा गरिसकेका थिए भने आयोगले निर्वाचन आयुक्त राखेर काम अघि बढाएको थियो ।
प्रतिनिधिसभा विघटन भइसकेको र नयाँ चुनावको मिति घोषणा भइसकेको अवस्थामा अब कात्तिक १७ का लागि निर्धरित उपनिर्वाचन स्वतः रद्ध हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभाको कार्यकाल समाप्ति नजिक भएकाले र बाँकी अवधिका लागि उपनिर्वाचन गर्ने आवश्यकता नरहेको ठहर भएको हो ।

संविधानको धारा ८४ को उपधारा (६) मा प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष तोकिएको छ भने उपनिर्वाचन गर्नुपर्ने अवस्था देखा परे पनि कार्यकाल सकिन दुई वर्षभन्दा कम समय बाँकी रहेमा निर्वाचन नगर्ने व्यवस्था छ । यही प्रावधानका कारण रुपन्देहीमा तोकिएको उपनिर्वाचन रद्द भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *