काठमाडौंमा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक

काठमाडौं उपत्यकामा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरिएको छ । मेलम्ची खानेपानीको मुल ढोका बन्द गरिएसँगै नयाँ तालिका सार्वजनिक गरिएको हो । मेलम्चीको मुहानमा गेग्रानसहितको धमिलो पानी सुरूङमा जान थालेपछि मंगलबार बिहान ८ बजेदेखि मेलम्चीको खानेपानीको मुल ढोका बन्द गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौंमा वितरण गरिने खानेपानीको नयाँ तालिका सार्वजनिक […]

Continue Reading

महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको उल्लेख गर्नुभएको छ । साथै उहाँले राज्यका सबै निकायमा […]

Continue Reading

स्वच्छ खानेपानीका लागि रु ३७ अर्ब ३५ करोड बजेट

सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७९/८० को बजेटमा देशभर स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षमा मेलम्चीको पानी पथान्तरणका लागि स्थायी एवं भरपर्दो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ […]

Continue Reading

गणतन्त्र भौतिक र मानसिक रुपले संस्थागत भइसकेको छ : प्रदेश प्रमुख परियार

कर्णालीका प्रदेश प्रमुख तिलक परियारले गणतन्त्र नेपाली जनमानसमा भौतिक र मानसिकरूपले संस्थागत भइसकेको बताउनुभएको छ । कर्णाली प्रदेश सरकारद्वारा वीरेन्द्रनगरमा आयोजित १५औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता हरेक नेपालीको मनमनमा स्थापित भइसकेको बताउनुभयो । प्रदेश प्रमुख परियारले सङ्घीय लोकतान्त्रि गणतन्त्रात्मक शासन व्यवस्थाबाट प्राप्त उपलब्धिको सदुपयोग गरी संविधानले परिकल्पना […]

Continue Reading

आगामी आवको बजेट : वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाइने

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने बताएको छ । वैदेशिक रोजगारीका लागि नयाँ आर्कषक गन्तव्य मुलुक पहिचान गर्ने र वैदेशिक रोजगारीमा गएकालाई श्रमिकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने अर्थमन्त्री जनार्दन शर्माले उल्लेख गर्नुभयो । आर्थिक वर्ष २०७९/८० को प्रस्तुत गर्दै उहाँले वैदेशिक रोजगारीबाट आर्जन गरेको अर्थबाट सीपमूलक क्षेत्रमा लगानी गर्ने प्रोत्साहन गर्दै सातै […]

Continue Reading

सगरमाथा: सर्वोच्च शिखरको चुचुरोनजिक मौसम मापन उपकरण राख्न नेपाल र चीन क्षेत्रमा ‘प्रतिस्पर्धा’

फणीन्द्र दाहाल विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल र चीन दुवैतर्फ मौसमबारे तथ्याङ्क सङ्कलन गर्ने उपकरणहरू जडान गरिएका विवरण आएपछि एक नेपाली अधिकारीले यस्ता प्रयासमा क्षेत्रीय साझेदारी हुनुपर्ने बताएका छन्। जल तथा मौसम विज्ञानका महानिर्देशक कमलराम जोशीले चीन र अन्य देशहरूसँग मिलेर मौसम मापन उपकरणहरू सगरमाथामा जडान गर्नुपर्ने धारणा नेपालले राखेको बताएका हुन्। केही दिनअघि अमेरिकाको […]

Continue Reading

सार्वजनिक बिदाका दिन चलाइका सरकारी सवारी साधन नियन्त्रणमा

स्याङ्जा । सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनअनुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा […]

Continue Reading

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको […]

Continue Reading

कृषि र उद्योगलाई केन्द्रमा राखेर बजेट ल्याउन सत्तापक्षको सुझाव

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी छ । छलफलमा सहभागी हुँदै सत्तापक्षका सांसदले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त व्यावहारिक तथा वैज्ञानिक भएको तर्क गरे । प्रमुख विपक्षी दलका सांसदले भने दिशाहीन र लक्ष्यहीन रहेको आरोप लगाए । आयातमुखी अर्थतन्त्र हुनु, […]

Continue Reading

वित्तीय प्रणालीमा वाणिज्य बैंकको योगदान ६६.३१ प्रतिशत पुग्यो

काठमाडौं । नेपालको वित्तीय प्रणाली वाणिज्य बैंकको योगदान ६६ दशमलव ३१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदन २०७७/७८’ अनुसार सम्रग वित्तीय प्रणलीमा वाणिज्य बैंकको ६६ दशमलव ३१ प्रतिशत अर्थात् ५४ खर्ब २० अर्ब रुपैयाँ पुगेको हो । वाणिज्य बैंकको आकार ५४ अर्ब २० करोड बढी पुग्दा समंग्र नेपालको वित्तीय […]

Continue Reading