बोयर जातको बीउ बोका हस्तान्तरण

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विराटनगर महानगरपालिकाले बाख्रा पालन समूहलाई बीउ बोका वितरण गरेको छ । महानगरले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत विराटनगर–४ स्थित समावेशी बाख्रापालन समूहलाई बोयर जातको बीउ बोका हस्तान्तरण गरेको हो । आज महानगरपालिकामा आयोजित कार्यक्रममा समूहकी सचिव पुष्पा श्रेष्ठलगायत समूहका अन्य सदस्यहरूलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख […]

Continue Reading

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार अन्तर्राष्ट्रिय उडान हुने भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो । सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिनुभयो । “उडानको सबै तयार पूरा भइसकेको छ, […]

Continue Reading

विवरण नबुझाउने विद्यालयलाई एक लाख जरिवाना

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हालसम्म पनि छात्रवृत्तिको विवरण उपलब्ध नगराउने निजी विद्यालयलाई कारबाही स्वरुप रु एक लाख जरिवाना तिराउने बताउनुभएको छ । कामपाले यसअघि नै सार्वजनिक सूचना जारी गरी गत जेठ अन्तिमसम्म सबै निजी विद्यालयलाई नियमअनुसार छात्रवृत्ति बुझाएको विवरण पेश गर्न आग्रह गरेको थियो । तोकिएको समय सीना पार गरिसक्दासम्म अझै केही विद्यालयले विवरण […]

Continue Reading

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्मा दुई सदस्य नियुक्त

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त हुनुभएको छ । कोष सञ्चालक परिषद्को सदस्यसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पराजुली र ढकाललाई सदस्यमा नियुक्त गर्नुभएको प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । कोष सञ्चालक परिषद्को सदस्य मन्त्री अर्थात् परिषद् अध्यक्षस्तरीय निर्णयबाट नियुक्त हुने व्यवस्था पशुपति क्षेत्र […]

Continue Reading

ध्वजे डाँडामा २२ देशको झन्डा

पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ । गाउँपालिकाले आज एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ । झन्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकहरूलाई आफ्नो देशको झन्डामार्फत आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्न झन्डाहरू राखिएको जानकारी दिनुभयो । […]

Continue Reading

युवराज मैनालीको दृष्टिःदृष्टिकोण विमोचन

काठमाडौं । लघुकथाकार एवम् समालोचक युवराज मैनालीको समालोचनात्मक कृति ‘दृष्टिःदृष्टिकोण’ को आज समाज विकास समाज भवन, अनामनगरमा विमोचन गरियो । विमोचन कार्यक्रम मुक्तिनाथ दर्शन साहित्य समाजको आयोजनामा सम्पन्न भएको थियो । समाजका अध्यक्ष हरिभक्त सिग्देलको सभापतित्वमा सम्पन्न पुस्तक विमोचन समारोहमा प्रमुख अतिथिको रूपमा आयामेली कवि एवम् संस्कृतिविद् वैरागी काईंला थिए भने विशिष्ट अतिथिको रूपमा त्रिभुवन […]

Continue Reading

असार ८ र ९ गते ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने

डिजिटल रुपान्तरणका लागि नीतिगत बहस पैरवी गर्ने उद्देश्यले डिजिटल नेपाल कन्क्लेभ २०२३ काठमाडौँमा आयोजना हुने भएको छ । आगामी असार ८ र ९ गते कन्क्लेव आयोजना गर्न लागिएको आयोजक आइसिटी फाउन्डेसन नेपालले जानकारी दिएको छ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसका लागि आवश्यक नीति र […]

Continue Reading

जनकपुरधाममा महेन्द्रनारायण निधि आमन्त्रित कराते प्रतियोगिता सुरु

जनकपुरधाममा महेन्द्रनारायण निधि आमन्त्रित कराते प्रतियोगिता भएको छ । आज जनकपुरधामको कभर्ड हलमा सुरु भएको प्रतियोगितामा मधेस प्रदेशका विभिन्न तौल समूहका कराते खेलाडीहरू सहभागी भएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका सांसद् तथा पूर्वउपसभापति विमलेन्द्र निधिले कराते कुनै पनि अस्तशस्त्र र हतियारको प्रयोग विना आफ्नो कला कौशल र शक्तिले खेलिने खेल रहेकाले अहिंसावादी खेल […]

Continue Reading

युवा पुस्तालाई देशको कला, संस्कृतिको महत्त्व बुझाउन लाग्नुपर्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको कला, संस्कृतिको महत्त्व बुझाउन र नेपाली चलचित्र क्षेत्रबारे बालबालिकालाई सचेतना प्रदान गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । दाङको घोराहीस्थित बहुउद्देश्यीय सभागृहमा चलचित्र विकास बोर्डले आयोजना गरेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव, २०८० को शुक्रबार उद्घाटन गर्दै उहाँले नेपालको कला, संस्कृति, परम्परा, रीतिरिवाज, सभ्यता चिनाउन नेपाली चलचित्र क्षेत्रलाई […]

Continue Reading

‘हरहर महादेव पानी देऊदेऊ’

लामो समयदेखि खडेरी परेपछि नारायणगढका युवाहरूले ‘हरहर महादेव पानी देऊदेऊ’ भन्दै बजार परिक्रममा गरेका छन् । उनीहरूले गौरेश्वर पशुपति मन्दिर नारायणगढमा पूजाआजासहित बजार परिक्रममा गरेका हुन् । कार्यक्रमका संयोजक मनोज घिमिरेका अनुसार मन्दिरमा पूजा गरेर बाजागाजासहित नारायणगढ बजार परिक्रममा गरिएको हो । लामो समयदेखि पानी नपर्दा जनजीवन प्रभावित बन्दै गएपछि यो कार्यक्रम आयोजना गरिएको उहाँले […]

Continue Reading