भूउपयोग व्यवस्थापन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ: प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भूउपयोग व्यवस्थापनको कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । लिखत रजिस्ट्रेशन पारित भएको १०० वर्ष पुगेका अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भूमि प्रशासनको क्षेत्रमा रहेका जनताका गुनासोको यथोचित सम्बोधन गर्दै यस क्षेत्रलाई स्वच्छ, स्वचालित र पारदर्शी बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । […]

Continue Reading

पशुपतिनाथमा तीन लाख दर्शनार्थी, २८० भक्तजनले गरे विशेष पूजा

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । पशुपतिनाथमा तीजको जत्तिकै दर्शनार्थी आएकाले तीन लाखभन्दा बढीले मूल मन्दिर प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई […]

Continue Reading

फोहर व्यवस्थापन गर्न अझै केही दिन लाग्ने

दश दिनपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम सुरु भए पनि यसअघि थुप्रिएको सबै फोहरलाई अन्तिम विसर्जनस्थलसम्म पु¥याउन अझै केही दिन लाग्ने जनाइएको छ । तारकेश्वर नगरपालिकाको मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै काठमाडौँ उपत्यकाबाट फोहर व्यवस्थापन लागि सिसडोल जान रोकेका थिए । सोमबारदेखि फोहरको गाडी सिसडोल जान थालेको भए पनि लामो समयदेखिको […]

Continue Reading

नेपाल र दक्षिण कोरियाबीचको इपिएस सम्झौता छिट्टै नवीकरण हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुङ्गोमा […]

Continue Reading

एघार बुँदे घोषणापत्र जारी गर्दै तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न

दुई दिनदेखि जारी ‘तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । सम्मेलनमार्फत लघुवित्त संस्थाहरूले गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै स्वावलम्बी, स्वाभिमानी, आत्मनिर्भर र उद्यमशील समाज/समुदाय निर्माणमा आआफ्नो क्षेत्रमा अगाडि बढ्ने संकल्प गरेका छन् । ‘घर–घरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाउँ’ भन्ने नारालाई मूर्तरूप […]

Continue Reading

बिस्का जात्राभित्रका जात्रा

भादगाऊँ, २९ चैत । नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसीँख्यःमा ५५ हात लामो यसीँद्योः (लिङ्गो) उठाउनु हो । भैरवनाथको रथ तान्ने प्रचलन शुरु हुनुभन्दा अघि भद्रकालीको मात्र रथ तान्ने परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन् । सुरुमा यो […]

Continue Reading

वैशाखमा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्नेः मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँदो वैशाखसम्ममा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने बताउनुभएको छ । मेलम्ची नदीको पानी आज पुनः पथान्तरण गरी उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री चौधरीले १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभएको थियो । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी […]

Continue Reading

‘स्रष्टा चैत्र ३०’ सम्मान अधिकारी र पोखरेललाई

लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरणका लागि स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले यस वर्षको सम्मान साहित्यकार वासुदेव अधिकारी र विवश पोखरेललाई दिने भएको भएको छ । उहाँहरूले सिर्जना र कर्मका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र परिवर्तनलाई संस्थागत गर्न खबरदारीसहित रचनात्मकरुपमा निर्वाह गरेको भूमिको कदर गर्दै सम्मान गर्न लागिएको सो संस्थाका अध्यक्ष मनोज न्यौपानले जानकारी दिनुभयो […]

Continue Reading

एफएनजे मिडिया कप फुटसलको सेमिफाइनल समीकरण पूरा

पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित प्रथम मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । ललितपुरको नेशनल स्पोट्र्स सेन्टरमा आयोजित प्रतियोगिताको अन्तिम चारमा प्रवेश पाउने टोलीमा न्यूज २४ टेलिभिजन, टिम शिलापत्र, पत्रकार महासङ्घ कास्की शाखा र पत्रकार महासङ्घ ललितपुर शाखा छन् । पहिलो क्वार्टरफाइनलमा न्यूज २४ ले नेपाल खेलकूद पत्रकार मञ्चलाई ५–३ […]

Continue Reading

मेलम्चीको पानी भोलिदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने

मेलम्चीको पानी भोलिदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले भोलिदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिनुभयो । केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले […]

Continue Reading