एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ, १७ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरसन (एमसिसी) ले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताउनुभएको छ । एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा बुधबार काठमाडौँ आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले परियोजना कार्यान्वयनबाट नेपालको व्यापार सञ्जाललाई एशियाका विशाल अर्थतन्त्र भएका मुलुकसँग जोड्ने र […]

Continue Reading

मुस्लिमका लागि समानुपातिक आरक्षणको व्यवस्था सुनिश्चित गरेका छौँ : सभापति देउवा

काठमाडौँ, ७ असोज : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायका लागि आफ्नो पार्टीमा समानुपातिक समावेशी आरक्षणको व्यवस्था सुनिश्चित गरेको बताउनुभएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उहाँले मुस्लिम समुदायलाई राज्यका निकायमा पनि संविधानअनुसार समानुपातिक समावेशी आरक्षणको व्यवस्था गरिएको उल्लेख गर्नुभयो । सभापति देउवाले निर्वाचनमा जातका […]

Continue Reading

विपी कोइराला बहुआयामिक व्यक्तित्व : नेता डा रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मीनेन्द्र रिजालले विपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताउनुभएको छ । आइतबार एक सय १०औँ विपी जयन्तीका अवसरमा बैतडीको पाटनमा तरुण दलले आयोजना गरेको प्रशिक्षण तथा वेबसाइट उद्घाटन कार्यक्रममा उहाँले विपी आफैँमा बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । बिपी राष्ट्रिय, अन्तर्राष्ट्रिय तहको नेता र राजनीतिक विचारक मात्रै नभएर साहित्यकार पनि […]

Continue Reading

इञ्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि फिर्ता लिन नेविसङ्घको माग

काठमाडौँ, १० भदौ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले इञ्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज इञ्जिनियरिङ अध्ययन संस्थानले एक सय ४४ प्रतिशतसम्म शुल्क वृद्धि गर्दा नेपाली विद्यार्थी मारमा परेको भन्दै शुल्क वृद्धि फिर्ता लिन माग गर्दै बालुवाटारमा प्रदर्शन गरेको हो […]

Continue Reading

राष्ट्रिय दलहरुको बैठक सकियो, संसद् अवरोध हटाउने सहमति

काठमाडौँ, ४ भदौ : सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार भोलिसम्म कार्यादेशको मस्यौदा तयार पार्ने गरी दलहरुबीच सहमति जुटेको छ । मङ्गलबारसम्म छानबिन समितिको टिओआर तयार गर्नका लागि नेकपा(एमाले)का नेता सुवासचन्द्र नेम्वाङ, […]

Continue Reading

सूचना लिने मात्रै होइन दिने संस्कारको विकास गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, ३ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक भएको बताउनुभएको छ । आज १७औँ राष्ट्रिय सूचना दिवसका आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहारलगायतका विषयमा सूचना दिन उत्प्रेरित गर्न कानुनी व्यवस्था गर्न जरूरी भएको बताउनुभयो । “विश्वमा भ्रष्टाचार […]

Continue Reading

महिला तथा दलित जनप्रतिनिधि गुनासो, ‘योजना निर्माणमा आफूहरुलाई सहभागी गराउँदैनन् ’

स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् । दलित महिला केन्द्र नेपालले शनिबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी महिला तथा दलित महिला सदस्यले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा सहभागी हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका महिला वडासदस्य दीक्षा राईले […]

Continue Reading

युवाको सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गर्नुभएको छ । चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा आयोजना गरेको सप्ताहव्यापी समापन कार्यक्रममा आज यहाँ उहाँले स्वदेश र विदेशमा रहेका लाखौँ युवालाई देशभित्रै विकास निर्माणका कार्यमा जुटन आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले आउने दिनमा नेपालले कोल्टे फेर्दै […]

Continue Reading

सत्य निरुपणसहित दुई संशोधन विधेयक शीघ्र पारित गर्नुपर्छ– नेपाली कांग्रेस

नेपाली कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक शीघ्र पारित गर्नुपर्नेमा जोड दिएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको उपस्थितिमा पदाधिकारी र पूर्वपदाधिकारीसहितको आज बसेको बैठकले सो विधेयक संसद्बाट शीघ्र पारित गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो […]

Continue Reading

सभापति देउवा र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ । काठमाडौँमा सोमबार भएको भेटमा उहाँहरूबीच दुई देशको द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ । चिनियाँ […]

Continue Reading