उज्यालो नेपाल पार्टीको सचिवालय गठन

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ । उज्यालो नेपाल पार्टीको सचिवालय गठन भएको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय गठन गरेको हो ।

काठमाडौँ । उज्यालो नेपाल पार्टीको सचिवालय गठन भएको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय गठन गरेको हो ।

पार्टीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । जसमा अध्यक्ष, वरिष्ठ नेता, एकजना महिलासहित दुई जना उपाध्यक्ष, महासचिव, एकजना महिलासहित दुईजना उपमहासचिव, तीनजना महिलासहित सातजना सचिव र एकजना कोषाध्यक्ष हुन्छन् ।

शुक्रबारको बैठकले भने ९ सदस्यको मात्रै टुङ्गो लगाएको छ  । जस अनुसार अध्यक्षमा कुलमान घिसिङ, वरिष्ठ नेतामा अनुप कुमार उपाध्याय, उपाध्यक्षमा प्राडा महेन्द्र लावती, महासचिवमा धर्म बहादुर चौधरी रहेका छन् ।

त्यस्तै, सचिवहरूमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का तथा कोषाध्यक्षमा भगवती कक्षपतिलाई चयन गरिएको छ ।

यीबाहेक पार्टीको प्रवक्तामा श्री गुरुङ, सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्यसचिवमा राजु थापालाई चयन गर्दै सचिवालयमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *