काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। काठमाडौँमा बुधबार बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले राजीनामा घोषणा गरेका हुन्।
नेसपा नयाँ शक्तिले विशेष महाधिवेशन गर्ने पार्टीको दोस्रो वरीयतामा रहेकी दुर्गा सोबको नेतृत्वमा विशेष महाधिवेशन गर्ने आयोजक समिति बनाइनेछ। ‘भट्टराईचाहिँ बदलिएको परिवेशमा जेनजी पुस्तासहितको वैकल्पिक राजनीतिको ध्रुवीकरणका निम्ति देशव्यापी रूपमा अभियानमा निस्कने भएका छन्।’
जेनजी पुस्ताले गरेको आन्दोलनले राजनीतिक नेतृत्व परिवर्तनको माग गरेको थियो। सोहीअनुसार डा. भट्टराईले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गरेका हुन्। जेनजी आन्दोलनपछि पार्टीबाट पद त्यागेको घोषणा गर्ने भट्टराई पहिलो अध्यक्ष हुन्।