माओवादी र समाजवादी पार्टीको एकता : राष्ट्रिय आवश्यकता

प्रमुख समाचार राजनीति विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

कनाथ धमला 

नेपालको हालको राजनीतिक परिदृश्यमा माओवादी र समाजवादी पार्टीबीच भएको एकता राष्ट्रिय आवश्यकता बनिएको छ। यी राजनीतिक दलका नेताहरु अध्यक्ष पुष्प कमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, प्रभावशाली नेता बामदेव गौतम सम्पुण शक्ति लागाएर “देशमा राजनीतिक अस्थिरता, वैचारिक भ्रम र विकासप्रतिको अनिश्चितता बढ्दो अवस्थामा रहेको बेला यो एकता नयाँ राजनीतिक दिशा र आशाको सङ्केतको रूपमा आएको छ” भन्ने भावनाकासाथ सवै बामपन्थी राजनीतिक आंदोलनका कार्यकर्ता र नेताहरूलाई एक ढिक्का वनाऊन यो निर्माण हो भन्ने बुझाई सहित सन्देश दिएकाछन।

 

नेपालको राजनीतिक इतिहासमा वामपन्थी शक्तिहरू सधैं परिवर्तनका अग्रदूतका रूपमा रहँदै आएका छन्। तर, ती शक्तिहरू समय–समयमा विभाजित हुँदा जनआन्दोलनका उपलब्धिहरू कमजोर बन्न पुगेका छन्। माओवादी र समाजवादी दुवै पार्टीका नेता तथा कार्यकर्ताहरु बर्तमान शंकट मोचन गर्दै समाजवाद उन्मुख अर्थतन्त्र, सामाजिक न्याय, समानता र समावेशितामा विश्वास गर्छन्। त्यसैले, उनीहरूबीचको एकता विचार, नीति र उद्देश्यका दृष्टिले स्वाभाविक मात्र होइन, राष्ट्रिय आवश्यकता पनि हो।

 

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको व्यवस्था अहिले चुनौतीमा छन्। यस सन्दर्भमा प्रगतिशील दलहरूबीचको एकताले यी उपलब्धिहरूको रक्षा गर्ने र जनताको अधिकार सुदृढ बनाउने अपेक्षा गरिएको छ। साथै, विदेशी प्रभाव र शक्तिको राजनीति तीव्र बन्दै गएको वर्तमान अवस्थामा राष्ट्रिय स्वाधीनता कायम राख्न पनि एकीकृत प्रगतिशील शक्ति अपरिहार्य बनेको छ- अध्यक्ष माधव कुमार नेपाले भेलामा संबोधन गरेकाछन। प्रभावशाली नेता बामदेव गौतमको भनाईलाई लिने हो भने कम्युनिस्ट बिचार बोकेका केहि निरङकुस, अहमताबादी, अतिवादी तानाशाही सोच भयका र बिधालय जाने बालबालिकामाथि समेत निर्दयी, कठोर अपराधिक सोच बनाएर सत्तालिप्सा भयर प्राणपखेरू उडाउनमा आनन्द ठान्ने भन्दा बाहेक ईमानदार सोच र आजको देशको भुराजनितिक आबस्यकताको सम्वोधन गर्दै समाजवाद कार्यान्वयन हेतु शंबिधान र प्राप्त उपलब्धिको रक्षार्थ पनि यो पार्टी एकता आजको अनिवार्यता हो र यसको सुरुवात हिजो-आज-र भोलि पनि यसलाई सफल पार्न मेरो अथक प्रयास रहनेछ – बिचार दिनुभयकोछ।

 

त्यसैगरी, अध्यक्ष माधव कुमार नेपाल र प्रभावशाली नेता बामदेव गौतमको भनाईलाई लिने हो भने “बारम्बार हुने सरकार परिवर्तन, राजनीतिक अस्थिरता र पार्टीगत स्वार्थका कारण विकास कार्य प्रभावित हुँदै आएका छन्”। एकताबाट स्थिर सरकार र दीर्घकालीन नीति निर्माणको ठोस सम्भावना बढ्नेछ।

 

यसर्थ, माओवादी र समाजवादी पार्टीको एकता केवल दुई दलबीचको संगठनात्मक समायोजन होइन; यो देशको राजनीतिक स्थायित्व, सामाजिक न्याय, संविधानको रक्षा र राष्ट्रिय स्वाधीनताको लागि भएको ऐतिहासिक कदम हो। यही कारण यो एकतालाई आजको सन्दर्भमा राष्ट्रिय आवश्यकताका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *