‘श्रमिक वर्गको समस्या समाधान गर्न आवश्यक छ ’

आर्थिक प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

सुन्दरहरैँचा (मोरङ) २ पुस : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उहाँले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि आउँदैन भन्नुभयो । “श्रमिकको सम्मान छैन, त्यसैले हामी पछाडि छौँ”, उहाँले भन्नुभयो, “यहाँ कामका आधारमा प्रयोग गर्ने भाषा र व्यवहार फरक छ । त्यसमा विभेद कायम नै छ ।” मुख्यमन्त्री कार्कीले श्रमिकलाई गर्ने व्यवहार र बोलीमा घरबाटै सुधार गर्नुपर्छ भन्नुभयो ।

“श्रमिकसँग गर्ने व्यवहारमा समानता नआउञ्जेल परिवर्तन हुँदैन”, उहाँले भन्नुभयो, “सरकारमा बस्नेले सबैसँगको व्यवहार र बोलीमा एकरूपता ल्याउनुपर्छ, त्यसमा सरकार प्रतिबन्ध छ ।”

उपसचिव कृष्णप्रसाद पोखरेलले कोशी प्रदेशमा श्रम, रोजगार र आप्रवाससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सुरक्षित आप्रवाशनका लागि कोशी प्रदेशका १४ वटै जिल्लामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *